१५ मंसिर २०८१ शनिबार
image/svg+xml

विपन्न बस्तीमा डा. केसीको स्वास्थ्य सेवा

मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको माग राखी सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. गोविन्द केसीले १४औं अनशन तोड्दा जुस पिलाउने नथुनी रामको बस्तीमा पुगी स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन्।

क्यु पे मोबाइल वालेट सेवा नेपालमा

क्यु पे मोबाइल वालेट सेवा नेपालमा सुरु भएको छ। यसमा क्युआर डाउनलोड गरेर डिजिटल भुक्तानको सुविधा पाउन सकिनेछ। क्यु पे प्रालिले राष्ट्र बैंकको अनुमतिमा चिनियाँ कम्पनी युनियन पे इन्टरनेशनलसँग नेपालमा मोबाइल कारोबारमा सहकार्य गरेर सेवा सुरु गरेको हो। मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी क्यु पे मोबाइल वालेट सेवाबारे जानकारी दिइयो।

विमानस्थलको आधा अर्ब उठ्न बाँकी

वायुसेवा कम्पनीहरुले विमानस्थल प्रयोगबापत त्रिभुवन विमानस्थल कार्यालयलाई तिर्न बाँकी रकम झण्डै आधा अर्ब पुगेको छ।

निगमले बोइङ बेच्न स्वीकृति माग्याे

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफूसँग रहेको एकमात्र बोइङ बिक्रीको लागि सरकारसँग स्वीकृति मागेको छ।

लोकसेवा सम्बन्धि कानून बनाउँदै गण्डकी प्रदेश

गण्डकी प्रदेशले लोकसेवा आयोग सम्बन्धि कानून बनाउने तयारी गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यो कानुन बनाउने व्यवस्था छ। नेपालको संविधानको धारा २४४ अनुसार प्रदेशमा लोकसेवा आयोग रहने व्यवस्था छ।

वायुसेवा निगमलाई डिडिए गर्न निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम वित्तीय संकटमा परेको देखिएकाले यसको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न निर्देशन दिएको बताएका छन्।

तेस्रो नम्बरका पोख्रेल नियुक्त

लोक सेवा आयोगले तेस्रो नम्बरमा सिफारिस गरेका रमेशराज पोख्रेललाई सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको छ। सोमबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेललाई नियुक्त गरेको हो।

‘कांसाकार ज्यू, राजीनामा दिनुस अन्यथा मन्त्रीले हटाउनुस’

सत्तारुढ दलका सांसदले नै  वाईड बडी जहाज खरिदमा अनियमितताको मूख्य सुत्रधार रहेको भन्दै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा मागेका छन्।

साझेदार नल्याई नेवानी सुधार गर्न सक्दैनः मन्त्री अधिकारी

पर्यटनमन्त्री रबिन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको व्यवसाय सुधार गर्न व्यावसायिक साझेदार भित्र्याउनु पर्ने बताएका छन्।

नेपाल टेलिकमको सेवामा समस्या

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार राजधानीका केही स्थानमा अप्टिकल फाइबरमा समस्या आएकाले आइतबार दिउँसोबाट सेवामा अवरोध देखिएको हो।

‘हप्ताभित्र वाइड बडी खरिदको विस्तृत विवरण बुझाउनू’

सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुइटा वाइड बडी विमानको विषयमा विस्तृत प्रतिवेदनसहित राय बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

हप्ता दिनभित्रै कर्मचारी समायोजन अध्यादेश

सरकारले निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न हप्ता दिनभित्रै कर्मचारी समायोजन अध्यादेश जारी गर्ने तयारी गरेको छ।

समायोजन अध्यादेशमा लोकसेवा आयोगको राय

सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेशमा लोकसेवा आयोगले आफ्नो रायसहित सरकारलाई फिर्ता पठाएको छ। शुक्रबारको बैठकमा आयोगले अध्यादेशमा आफ्नो राय दिने निर्णय गरेको आयोगका निमित्त सचिव किशोरजंग कार्कीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्