गण्डकी कलेजमा शुल्क विवाद : विद्यार्थीले लगाए ओपिडीमा ताला
पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अनधिकृत शुल्क असुली भएको भन्दै आन्दोलन चर्काएका छन्। उनीहरुले मंगलबार साँझदेखि अस्पतालको ओपिडी सेवामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अनधिकृत शुल्क असुली भएको भन्दै आन्दोलन चर्काएका छन्। उनीहरुले मंगलबार साँझदेखि अस्पतालको ओपिडी सेवामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
गण्डकी प्रदेशका सांसदहरुको पारिश्रमिक र सेवा सुविधामा साढे चार करोड रुपैयाँ खर्च भएको छ। गत वर्ष माघ ७ गते सपथ लिएका सांसदहरुले हालसम्म पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा शीर्षकमा चार करोड ४८ लाख ९८ हजार आठ सय ४१ रुपैयाँ खर्च भएको हो।
नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी थालिएको छ। यसअघि पनि महाप्रबन्धक भइसकेका लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा फेरि ल्याउने तयारी भएको स्रोतले बतायो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार लिम्बूलाई वरिष्ठ क्याप्टेनको रुपमा निगममा नियुक्ति गर्न लागिएको छ।
नेपाल वायुसेवा निगमले ५० जना नयाँ पाइलट भर्ना गर्ने भएको छ। क्याप्टेन र को–पाइलट गरेर निगमलाई ५० जना आवश्यक परेको हो।
झन्डै ६० वर्ष अगाडि अर्थात् १ जुलाई १९५८ मा स्थापना भएको नेवानिलाई सँगसँगै जस्तो स्थापना भएको थाई एयरवेजसँग तुलना गरिन्छ। नेवानिलाई पनि समय परिस्थितिअनुसार प्रतिस्पर्धी बनाउन सबैले आआफ्नो ठाउँबाट भूमिका खेलेको भए आज नेवानिको पनि यो हबिगत हुने थिएन। विगतका लाउडा काण्ड, चेज एयर काण्ड, धमिजा काण्ड तथा चाइना साउथवेस्ट काण्डले नेवानि उठ्नै नसक्ने गरी थला पर्यो। करिब २७, २८ वर्षसम्म नेवानिले विमान किन्न सकेन, करिब ३ वर्ष अगाडि २ वटा न्यारो बडीसँगै हालै भित्र्याएका २ वाइड वडी विमानहरूलाई राम्रोसँग सञ्चालन गर्न सके नेवानि प्रगति पथमा लम्कने निश्चित छ। नेवानिले हाल अन्तर्राष्ट्रियतर्फ २ न्यारो बडी, २ वाइड वडी र एउटा बोइङले भारतका तीन, दुबई, दोहा, क्वालालम्पर, हङकङ र बैंकक गरी ८ गन्तव्यमा उडान भर्दै आएको छ।
नेपाल चिकित्सक संघले शुक्रबार देशभरका आकस्मिक वाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। विहीबार एक विज्ञप्ती जारी गर्दै संघले देशभरका सरकारी, गैरसरकारी, निजी मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।
रेस्टुरेन्टले खानपिनका लागि पुगेका पाहुनासँग लिँदै आएको १० प्रतिशत सेवाशुल्क हटाएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) अन्तर्गत काठमाडौं, पोखरा र सौराहाका रेस्टुरेन्टले अबदेखि उपभोक्तासँग १० प्रतिशत अतिरिक्त शुल्क नलिने निर्णय गरेका हुन्।
रेष्टुरेण्ट तथा बार एसोसिएसन नेपाल (रेवान) ले रेष्टुरेण्टहरुमा लिइदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको छ।
नेपाल वायुसेवा निगमलाई बोइङ विमान बेच्ने निर्णय आफैं गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अह्राएको छ। बोइङ बेच्ने स्वीकृति माग गर्दै निगमले पठाएको पत्रको जवाफमा मन्त्रालयले आफैं निर्णय गर्न भनेको हो।
सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदामा राखिएको बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था सुटुक्क हटाएको छ। लोकसेवा आयोगमा सहमतिका लागि पठाइएको मस्यौदामा बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्ती गर्ने व्यवस्था हटाइएको आयोग स्रोतले बतायो।
नेपाल वायु सेवा निगमले दुर्गम क्षेत्रमा उडान गर्ने चार थान ‘वाई१२–ई’ जहाज चलाउन नसक्ने निष्कर्ष निकाल्दै भाडामा दिने तयारी थालेको छ।
पश्चिम हिमाली जिल्ला डोल्पामा शुक्रवार राति पुनः भारी हिमपात भएको छ। तेस्रो पटक भएको हिमपातले डोल्पा सेताम्य भएको छ भने जनजीवन कष्टकर बनेको छ। डोल्पाको सदरमुकाम दुनैमै २ देखि ५ इन्च सम्म हिउँ जमेको छ भने जुफाल विमानस्थलमा ९ देखि १२ इन्चसम्म हिउँ जमेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।
नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो।