coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती

आकाशबाट पानी नपरेकोले समस्या भएको भन्दै हेटौंडा १६ मा भ्यागुताको विवाह गरिएको छ।

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ।

रूपेश र रणसिंगे च्याम्पियन

नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।

घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा अध्यक्ष रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ।वडाध्यक्ष नृपेश बादेलाई घुस रकम सहित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो।

जुनियर तथा क्याडेट जुडो शनिबार

महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिता शनिबार हुने भएको छ।

नगरपालिका विरुद्ध वडा अध्यक्षको उजुरी

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरूले नगरपालिका विरुद्ध उजुरी दिएका छन्। नगर प्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाही विरुद्ध बिहीबार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा गर्दा भएको छ। खाँडाचक्र नगरपालिकाले असार १० गते साँझ करिब २ घण्टा नगर सभाको उद्घाटन मात्र गरेर नगर सभा सम्पन्न भएको जनाएको थियो।

प्रहरीको फरार सुचीमा रहेका वडा अध्यक्ष नेता भेट्दै

जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको परार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो।

सांसद विकास कोषप्रति मेयर बालेनको कटाक्षः सांसदहरू वडा अध्यक्षको लेबलमा आए

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसाद्हरुप्रति कटाक्ष गरेका छन्। उनले आज सामाजिक संजालमा अब सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्।

गाँजासहित वडा अध्यक्ष पक्राउ

अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका ७ का वडा अध्यक्ष शिवराज थिङ पक्राउ परेका छन्।

नवनिर्वाचित वडा अध्यक्ष भन्छन्: जनताको सेवक भएर काम गर्छौ

वडा अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि कमलामाई नगरपालिका ३ का खड्ग चौलागाई वडालाई पर्यटकीय क्षेत्र बनाउन आफू लाग्ने बताउँछन्।

सरकारी मोटरसाइकलमा ‘खैरो हिरोइन’ ओसार्दै, वडा अध्यक्षसहित ३ पक्राउ

आइतवार राति करिब साढे १० बजे उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आत्माराम सडकको बर्वा भन्ने ठाउँबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

प्रअले दिए वडाध्यक्षलाई ज्यान मार्ने धम्की

‘म को हुँ चिन्छस् ? तँलाई दुईचार दिनमै सिध्याई दिन्छु,’ प्रअ खत्रीले भनेका थिए ‘साँझ खाना खाएर राम्रोसंग सुतेस् ।’ वडाको सिफारीस लिने क्रममा ढिलाई भएको भन्दै प्रअ वडा अध्यक्षमाथि खनिएका थिए ।

वडा अध्यक्षमाथि निर्घात कुटपिट

दाङका एक वडा अध्यक्षमाथि कुटपीट भएको छ । शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष फर्साराम डाँगीलाई मंगलबार एक समुहले रड र लाठी प्रहार गरि घाईते बनाएको छन्। मंगलबार दिउँसो कार्यकक्षमा बसेर काम गरिरहेको बेला एक समुह भित्र प्रवेश गरि वडा अध्यक्ष डाँगीमागि रड र लाठी प्रहार गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्