९ मंसिर २०८१ आइतबार
image/svg+xml

खोलाले बगाउँदा आमाछोराको मृत्यु

दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ। दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो।

टिकटकमा ‘भाइरल आमा’

‘आमा ! तपाइँकाे नाच त भाइरल भएको छ भन्छन्, धेरै ठाउँबाट फोन पनि आउँछ, गाउँघरमा पनि भेट्ने नानीबाबुले त्यसै भन्छन्,’ उनले भनिन्। तिवारी आफू सामाजिक सञ्जाल चलाउन जान्दिनन्। तर पनि उनलाई आफू सञ्जालमा भाइरल भएको, धेरैले नाच मन पराइदिएको भन्ने सुन्दा खुसी लागेको बताउँछिन्।

संवैधानिक व्यवस्थाको ६ वर्षमा पनि मिलेन आमाको नाममा नागरिकता

नागरिकताकै कारण रुचि नभएको विषय पढ्नु परेको र काम गर्नसमेत नपाएको उनको गुनासो थियो । आमाको वंशजको नागरिकता भए पनि बागलुङ निवासी अञ्जलीलाई भनै नागरिकताकै लागि भौँतारिरहेकी छिन्।

'बरु म मर्छु, छोरालाई बचाउँछु भनेर मिर्गौला दिएँ'

दुबै मिर्गौला फेल भएका खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका २८ वर्षीय सुरेश दमाई (परियार) जीवन र मरणको दोसाँधमा थिए। मिर्गौला प्रत्यारोपण गर्नु वा ज्यान गुमाउनुको विकल्प थिएन उनी सामु।

नगरका ११ आमा समूहलाई कुटानी पिसानी मिल

गाउँघरमा अन्न पिस्नका लागि ढिकीजाँतोको प्रयोग गर्दैआएका महिलालाई नगरपालिकाले महिला लक्ष्यित कार्यक्रमको बजेटबाट खरिद गरेर डिजेलबाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो।

आमासहित छोराछोरी झुण्डिएको अवस्थामा मृत भेटिए

प्युठानमा एकाघरका आमासहित छोराछोरी मृत अवस्थामा जङ्गलमा भेटिएका छन्। प्युठान नगरपालिका–२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन्।

बिपत्तीले बिचल्ली : काख खोसिएपछि साथ खोज्दै चार छोरी

मनमा पीडा अनि जिम्मेवारीले थिचिएकी कुमारी निशब्द छिन्। अर्को कोठामा सुतेका १२ वर्षीया करिश्मा, ९ वर्षीया गंगा र ७ वर्षीया सपनाले बिहान बुवा, आमा र भाइको मृत शरीर देखेका थिए। घटनाले विक्षिप्त उनीहरु यतिबेला सहाराको खोजीमा छन्।

हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षीया छोरी दीपिका विकको मृत्यु भएको हो।

आमासँगको अवैध सम्बधका कारण दाइले गरे दुई भाइको हत्या

बालकको हत्या अभियोगमा सार्वजनिक गरिएका कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरकै अब्दुल रहिम मियाँका २५ वर्षीय छोरा फर्मुल्लाह अंसारी रहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्।

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।

फेरि उठ्न चाहन्छिन् रिता

आमाबुवालाई घरायसी काम सघाउँथिन्। तर उनी अहिले हल न चल भएकी छन्। अहिले उठ्न र बस्नसमेत अरुको सहारा चाहिने अवस्थामा पुगेकी छन् रिता। पहिला ठमठम हिँडडुल गरेको क्षण उनका लागि अहिले सपनाजस्तै भएको छ।

आमा बनेपछिको सफलता

समानता र अनेकताकासाथै मातृत्वपछिको भूमिकाबारे अझ प्रष्ट पार्न र अनुभव आदानप्रदान गर्न नेपाल रिपब्लिक मिडियाकी सिइओ समृद्धि ज्ञवालीलले तीन जना प्रेरणादायक महिलाहरु नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का, भाइनेटकी कार्यकारी निर्देशक सेवा पाठक र स्त्री रोग विशेषज्ञ डाक्टर किरन रेग्मीसँग कुराकानी गरेकी छन्।

आमाको मुख हेर्ने औँसी

जे/जस्तो भए तापनि आफ्नी आमाको त्याग, तपस्या, आदर्श र बलिदानलाई कहिल्यै बिर्सनुहुँदैन। आमालाई भगवानको रूपमा मान्नुपर्छ, कहिल्यै रुवाउनुहुँदैन।

आमा

तिमीले पराईको हात समाएर मलाई कन्यादान गरी सुम्पीएको दिन तिम्रो आँखाबाट खसेका मोतीका दानााहरुलाई मेरो लगन गाठोको पोकोमा सँगाल्दै तिम्रो ईज्जत र बिश्वासमा कहिले पनि आँच आउन दिने छैन भनेर आफुले आफैँसंग प्रण लीएकी थिएँ।

आज आमाको मुख हेर्ने पर्व

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्