९ मंसिर २०८१ आइतबार
image/svg+xml

बँदेल धपाउन खोज्दा करेन्ट लागेर मृत्यु

मकै बारीमा पासो थाप्न जोडेको विद्युतीय तार छुन पुग्दा त्रियुगा नगरपालिका ९ राजाबासका जगदीश पोखरेलको बिहीबार विहान मृत्यु भएको हो ।

करेन्ट लगाएर माछा मार्दा जलचर नै जोखिममा

तमोर, काबेली जस्ता ठूला नदीमा मात्र होइन, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ। कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि करेन्ट लगाउने गरेको पाइन्छ। कतै रमाइलोका लागि त कतै माछाबाट छिटै आम्दानी लिनका लागि पनि खोलामा करेन्ट लगाइन्छ।

विद्युतको पोलबाट करेन्ट लाग्दा बालकको मृत्यु

माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु भएको हो।

करेन्ट लागेर भक्तपुरमा एकको मृत्यु

करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. २ कुन्चोक घर भई हाल भक्तपुरको राधे राधे बस्ने वर्ष २० को संजीव भारतीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए।

रौतहटमा करेन्ट लागेर युवकको ज्यान गयो

करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ। धान खेत सिचाइ गर्नको लागि पानी तान्न मोटरको तार जोडने क्रममा करेन्ट लागेर स्थानीय फतुवा बिजयपुर नगरपालिका ८ का रबिन्द्र साहको ज्यान गएको हो।

करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

कपिलवस्तु नगरापालिका–७ धमौली गाउँमा पानी तान्ने मोटरमा छुदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय सन्तोष शुक्लाको छोरा वर्ष ८ का आदर्श शुक्लाको मृत्यु भएको हो।

नेट जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३० वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर एक महिलाको मृत्यु हुनुका साथै दुई साँडे पनि मरेका छन्। विहीवार बिहान बिजुलीको तार चुँडेर लाग्दा गौर नगरपालिका वडा नम्बर ४ का रामबाबु पटेलकी आमा ७० वर्षकी शान्ति पटेल गम्भीर घाइते भएकी थिइन्।

करेन्ट लागेर एकको मृत्यु

सल्यानमा आँप टिप्ने क्रममा करेन्ट लागेर शारदा नगरपालिका–७, का १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ । सोही नगरपालिका ६ मा रहेको भट्टेचौरमा आँप टिप्दै गर्दा उनलाई करेन्ट लागेको थियो ।

ट्रकमा करेन्ट प्रवाह हुँदा नजिकै रहेका ट्याक्सी चालकको मृत्यु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं २ अन्र्तगत मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्लुङ बजार नजिकै ट्रकले विद्युतको नाङ्गो तार छुँदा नजिकै रहेको ट्याक्सी चालकको मृत्यु भएको छ । ट्रकका चालकलाई गम्भीर घाइते अवस्थामा उद्वार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइदै छ ।

करेन्ट लागेर बर्सेनि ज्यान गुमाउँदै स्थानीय

जिल्ला प्रहरी कार्यालय डोटीको एक तथ्यांकअनुसार जिल्लाका अधिकांश ठाउँमा विद्युत् विस्तार भएको २०७१ बाट हालसम्म २० जनाको करेन्ट लागेर मृत्यु भएको पाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्