रसुवागढी अध्यागमन कार्यालयमा इम्मी प्रणाली जडान
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा रहेको अध्यागमन कार्यालयमा इम्मी सफ्टवेयर जडान गरिएको छ। देशभर रहेका अध्यागमन कार्यालयको सुधार अन्तर्गत रसुवागढी अध्यागमनमा इम्मी सफ्टवेयर प्रणाली जडान गरिएको हो। केआइओएसके जडान गरिएसँगै विदेशी नागरिकले अनलाइन फर्म भर्न सक्ने भएका छन्।