११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना संक्रमित महिलाले जन्माईन् स्वस्थ बच्चा

सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।

बाँकेमा एकै रात ६ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका मात्रै १ सय ६ र बाहिरी जिल्लाका १ सय ९ जनाको मृत्यु भइसकेको छ।

झापा र इटहरीका संक्रमितको विराटनगरमा मृत्यु

उपचारका क्रममा झापा र इटहरीका दुई जना कोरोना भाइरस संक्रमितको विराटनगर र बुढीगंगाका छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको छ।

बुटवलको कोरोना अस्पतालमा आधा घण्टाको फरकमा ३ जनाको मृत्यु

बुटवलको धागो कारखानामा संचालित कोरोना विशेष अस्थाइ अस्पतालमा उपचारत तीन जना संक्रमितको आज मृत्यु भएको छ ।

प्रदेश १ मा २ सय ५६ जना संक्रमित थपिए

प्रदेश १ मा बुधबार अढाइ सय जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ को विभिन्न जिल्लामा बुधबार २ सय ५६ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा दुईजनाको मृत्यु भएको छ । बुधबार बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमितलाई उपचार खर्च धान्नै गाह्रो

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई सरकारले बिरामीको संख्या र अवस्था अनुसार निश्चित खर्च तोकेर बजेट दिइरहेको छ।

भेरी अस्पतालको कोभिड वार्ड भरियो, घर फर्किदै कोरोना संक्रमित

यहाँ कोरोना संक्रमितको संख्या २ हजार ७१ जना छन् । दोस्रो चरण कोरोना संक्रमितको ८ जनाले ज्यान गुमाईसकेका छन् । कुल मृतकको संख्या मंगलवार सम्म २७ जना पुगेको तथ्यांक छ। बाँके जिल्लामा भयावह स्थिति हेर्दा बर्दियाको स्थिति सामान्य नरहने आम सर्वसाधारणले अनुमान गरेका छन्।

कोरोना संक्रमित पुरुषको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–९ का ३५ वर्षीय कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ। मंगलबार बेलुका साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

दुई जना संक्रमितको विराटनगरमा मृत्यु

मोरङको कटहरी गाउँपालिका र झापाको झापा गाउँपालिकाका कोरोना भाइरस संक्रमितको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ।

भारतबाट आएका कोरोना संक्रमितको अर्घाखाँची अस्पतालमा मृत्यु

अर्घाखाँची अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ। भारतबाट आएका मालारानी गाउँपालिका–७, बामरुकका ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।

सुर्खेतमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा मंगलबार बिहान कोभिड–१९ (कोरोना भाइरस) संक्रमित एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय एक पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

वीपी प्रतिष्ठानमा विराटनगरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा गए राती एक जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको राती साढे ९ बजे निधन भएको हो।

पर्सामा संक्रमित साढे आठ सय पुगे

संख्या बढ्दै गएपछि अस्पतालमा नयाँ बिरामी राख्न ठाउँ छैन। नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले एउटै बेडमा ३ जना राखेर उपचार भइरहेको बताए। डा. सिंहका अनुसार वीरगन्जको अवस्था भयावह छ। वीरगन्ज क्षेत्रमा लकडाउन गर्न जरुरी भइसकेको उनको भनाइ छ।

पर्सामा संक्रमित साढे आठ सय पुगे, ९४ प्रतिशत होम आइसोलेसनमा

पर्सामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ सय ४८ पुगेको छ । संक्रमितहरुको संख्या कुल संक्रमितमध्ये ९४ प्रतिशत बढी होम आइसोलेसनमै रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्