११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२४ घण्टाभित्र बाँकेमा ८ संक्रमितको मृत्यु

बितेको २४ घण्टामा बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो।

आइसीयुमा भर्नाको पालो कुर्दाकुर्दै संक्रमितकाे मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सि वार्डमा राखिएका बुटवलका एक जना काेराेना संक्रमित पुरुषको आज मृत्यु भएको छ । १६ गते संक्रमण पुष्टि भएर काेरोना विशेष अस्पतालको आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै बुटवल ११ का ८३ वर्षीय पुरुषको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. बिष्णु गौतमले बताए ।

हामीसँग संक्रमणको चक्र तोड्नुको बिकल्प छैनः मन्त्री यादव

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाइरहेका बेला टाँसिएकै प्रदेश २ मा पनि जोखिम पुनः बढेको छ । भारतसँग खुला सिमाना भएको प्रदेश २ मा अहिलेको परिस्थितिमा के कस्ता चुनौती छन् ? यसै विषयमा प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसँग गरिएको कुराकानीः

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।

भारतमा एकैदिन ३ हजार ४ सय बढीको मृत्यु

भारतमा सबैभन्दा बढी मृत्युदर महाराष्ट्र, दिल्ली र यूपीमा रहेको छ। भारतभर अहिलेसम्मको मृतकको संख्या २ लाख आठ हजार ३ सय ३० रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कोरोना संक्रमित एक महिलाको मृत्यु

शुक्रबार बिहान मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।

कर्णाली कोभिड अस्पताल: २४ घण्टामा छ जना संक्रमितको मृत्यु

‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भने, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’

भेरी अस्पतालमा थप तीन संक्रमितको मृत्यु

यो सँगै बाँकेमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ सय ११ र जिल्ला बाहिरको मृतक संख्या १ सय १३ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शवलाई नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए।

सुदूरमा बढ्दै कोरोना संक्रमित

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ । सुदूरपश्चिममा बिहीबार एकै दिन मात्रै दुई सय ४० जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रदेश २ मा थपिए २५९ संक्रमित, पर्सामा सबैभन्दा बढी

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १४१, बारामा २३, रौतहटमा १७, सर्लाहीमा ६, महोत्तरीमा १५, धनुषामा ४६, सिरहामा ७ र सप्तरीमा १ जना संक्रमित थपिएका छन्।

पाटनमा आकस्मिक र सुरक्षित सुत्केरीबाहेकका सेवा बन्द

स्वास्थ्य केन्द्रका दुईजना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अर्को सूचना नहुँदासम्म अन्य सेवा बन्द गरिएको जनाएको छ। केही समस्या परेमा स्वास्थ्यकर्मीहरुलाई फोन गरेर परामर्श लिनसमेत प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ।

प्रदेश १ मा थपिए २ सय ७० जना संक्रमित

मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित

बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

वीपीमा १२ घण्टामा दुई जना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा पछिल्लो १२ घण्टामा दुई जनाको निधन भएको छ। प्रतिष्ठानका अनुसार मृतक दुवै जना पुरुष हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्