११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कैलालीमा सक्रिय संक्रमित २ हजार बढी (अपडेट)

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको संक्रमण तीव्र रुपमा बढेको छ। संक्रमणले जटिल प्रकृतिका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण दर र मृत्युदर कैलाली जिल्लामा रहेको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ।

धरानमा कोरोना संक्रमित वृद्धको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारको क्रममा धरान १२ का ७१ वर्षीय वृद्धको निधन भएको हो।

बुटवलमा थप ४ संक्रमितको मृत्यु

यससंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ। पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या हवात्तै बढेको छ। चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकांश आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन्।

कोरोना संक्रमित महिलाकाे कोखबाट स्वस्थ नवजात शिशुकाे जन्म

अचम्मको कुरा कोरोना संक्रमित आमाले आफ्नै कोखबाट जन्म दिएको नवजात शिशुलाई भने कोरोना सक्रमण भएको छैन। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यो साता मात्रै तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन्।

रौतहटका थप दुई संक्रमितको मृत्यु

यसअघि सदरमुकाम गौरको महादेवपटि गाउँका एक ज्येष्ठ नागरिकको मृत्यु भएकोमा मंगलवार थप दुई संक्रमितको मृत्यु भएको हो।

वीपी प्रतिष्ठानमा उदयपुरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उदयपुरका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ।

कोहलपुर उद्योग वाणिज्य संघले दियो १८ थान सिलिण्डरसहित अक्सिजन

कोरोना संक्रमितको उपचारका लागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सहयोग गरेको छ। कोहलपुर नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पताललाई संघले १८ थान सिलिण्डरसहितको अक्सिजन सहयोग गरेको हो।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाब संकलन

खोटाङको साकेला गाउँपालिकाले दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ।

रौतहटका तीन स्थानमा कोभिड र एचडियु वार्ड

जिल्ला कोभिड संकट व्यवस्थापन समिति रौतहटले गौर अस्पताल, गौर नर्सिंङ इन्ष्टिच्यूट र चन्द्रपुरमा अक्सिजनसहितको कोभिड वार्ड र गौरमा १५ वेडको एचडियु वार्डको निर्माण गरेको हो।

अर्घाखाँचीमा ४३ जना कोरोना संक्रमित थपिए

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाका अनुसार गएको २४ घंटामा संक्रमणका कारण एक जनाको ज्यान गएको छ।

विराटनगरका तीन स्थानबाट स्वाब संकलन

नगर क्षेत्रभित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महानगरपालिकाले लक्षण देखिएकाहरूको सहज रुपमा परीक्षण गर्ने उद्देश्यले विभिन्न तीन स्थानबाट स्वाब संकलन थालेको हो।

कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा

थपिएका नयाँ संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा उमेरका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३० देखि ३९ वर्ष समूहका युवाहरु बढी संक्रमित भएका छन्।

बुटवलमा अक्सिजन बैंक स्थापना

बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितहरुलाइ लक्षित गरेर अक्सिजन बैंक स्थापना गरेको छ । नगरभित्रका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाइ आवस्यक परेको अवस्थामा अक्सिजन बैंक मार्फत तत्काल अक्सिजन उपलब्ध गराइने छ । नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरीएको बैंकमा अक्सिजनका सिलिण्डर,सिलिण्डर बोक्ने गाडी,एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राखीएको छ ।

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ। मोरङको बेलबारीमा होम आइसोलेसनका १ जना, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना गरि छ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

के सत्ता अक्सिजन हो ?

हैन भने, कोरोनाको यत्रो महामारीमा किन सत्ताको लागि मरिहत्ते गरेको? बाग्मती किनारमा कोरोना संक्रमितको शव जलिरहँदा सरकार किन गण्डकीमा सांसदको किनबेचमा व्यस्त रहन्छ। राजधानी कोरोनाको सन्त्रासले मौन रहँदा सरकार किन लुम्बिनीको शान्त राजनीति बिथोल्न उद्धेलित रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्