१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कञ्चनपुरमा खडेरीले ताल नै सुक्न थाल्यो

लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ।

बाघ हेर्न बर्दिया

सन् २०१८ को गणनामा बर्दियामा ८७ वटा वयस्क बाघ थिए। ती मध्ये एउटा गाडीको ठक्करले म¥यो भने अर्को विद्युतीय तारमा परेर वित्यो। गर्मीमा पानी खान वा आहाल बस्न निकुञ्जका नदी र खोलामा आउने बाघहरू सजिलै देख्न सकिन्छ। ती कहिले समूहमा हुन्छन् त कहिले एक्लैएक्लै। टाढैबाट देख्न पाउँदा पर्यटक रमाउँछन्। त्यसैले चैतदेखि असारसम्म बर्दियामा पर्यटकको चहलपहल बढ्छ। ‘बाघै हेर्ने हो भने दुई–चार दिन घुम्ने गरी आउनु पर्छ’, नेचर गाइड राजमान चौधरीको सुझाव छ, ‘कहिले एकै छिनमा बाघको दर्शन मिल्छ, कहिले दुई–तीन दिन पनि लाग्न सक्छ।’

पर्सा निकुञ्जभित्र जवानको शंकास्पद मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जभित्रको नेपाली सेनाको श्रीबारा दल गणमा कार्यरत एकजना सिपाहीको शंकास्पद मृत्यु भएको छ।

बर्दिया भनेपछि ‘बाघ’

बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ। त्यो हो बर्दिया भनेपछि ‘बाघ’।

खुम्बुमा ४५ हजार पर्यटक

चालु आर्थिक वर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार पिक सिजन र आरोहण सिजनमा गरी ४४ हजार चार सय ५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन्। यो संख्या गएको साउनदेखि चैतसम्मको हो।

पासोमा परेर चितुवा मर्‍याे

कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा शिकारीले थापेको पासोमा परेर आइतबार एक वयस्क चितुवा मरेको छ। स्थानीय थाहा सामुदायिक वन उपभोक्ता समूह र मोहन्याल सामुदायिक वन उपभोक्ता  समूहको सीमा क्षेत्रमा चितुवा पासोमा परेको अवस्थामा भेटिएको थियो।

निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ।

नौ महिनामा १२ हजार पर्यटक भित्रिए

चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार स्वदेशी तथा विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका ती पर्यटक आएका हुन्। निकुञ्जको तथ्यांक अनुसार त्यस अवधिमा भ्रमण गरेका १२ हजार दुई सय ६४ पर्यटकमध्ये तीन हजार ३७ नेपाली, नौ हजार ४५ विदेशी र तीन हजार नौ सय ६ सार्क राष्ट्रका पर्यटक छन्।

पर्यटकीय क्षेत्र खुम्बुमा सरसफाइ

सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र खुम्बुको स्वच्छताका लागि सप्ताहव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ। अभियानभरि दुई हजार केजी फोहोर संकलन गरिएको निकुञ्जले बताएको छ।

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ। बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ।

एक सय गोही राप्तीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।

निकुञ्ज ऐन संशोधन अघि बढेको छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माडीका जनतालाई निकुञ्ज पार गरेर जाँदा एउटा देशबाट अर्को देशमा गए जस्तो हुनु हँुदैन भनेर निकुञ्ज ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको बताए। निकुञ्ज ऐनका कारण यहाँका जनतालाई र माडीको विकासमा भएको अवरोध हटाउन आफू निर्वाचित भएदेखि नै बहस अघि बढाएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्