निकुञ्जभित्र निजी क्षेत्रलाई रिसोर्ट खोल्न दिने तयारी
सरकारले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र निजी क्षेत्रलाई होटल, रिर्सोट, पर्यटकीय खेल तथा अन्य पर्यकटीय सेवा सञ्चालन गर्न दिने तयारी गरेको छ।
सरकारले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र निजी क्षेत्रलाई होटल, रिर्सोट, पर्यटकीय खेल तथा अन्य पर्यकटीय सेवा सञ्चालन गर्न दिने तयारी गरेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति गठन भएको छ। गृह, रक्षा, कानुन, अर्थ, वनमन्त्री एवं मुख्य–सचिव पदेन सदस्य रहेको यो समितिको बैठक नबसेको ४ वर्ष नाघिसकेको छ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा गाडीबाट सफारी गराउने रे। कसैले गाडी सफारी गर्नु राम्रो हो भनेका छन्। कसैले पैसा आउँछ भन्दैमा गाडीबाट सफारी गर्न दिनु हुन्न। त्यहाँको वातावरणमा असर पर्छ भनेको सुनेको छु।
लाङटाङ राष्ट्रिय निकुञ्जले आजदेखि महाहन्ट अप्रेसन सुरु गर्न लागेको छ। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि विशेष अभियान सञ्चालन गर्न लागिएको बताइएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा करिब १५ हजार पर्यटक भित्रिएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा १४ हजार नौ सय ५६ पर्यटक आएका हुन्।
चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यीसँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्।
लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि हराइरहेका दुई विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घोप्टेफेदीमा हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो।
नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।
बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ।
भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ।
चालु आर्थिक ०७६/७७ को पहिलो चार महिनामा १२ हजारभन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका छन्। निकुञ्जका अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा १२ हजार सात सय ६१ पर्यटक भित्रिएका छन्। जसमा सात हजार आठ सय १७ नेपाली, चार हजार आठ सय ७३ विदेशी र ७१ जना सार्क राष्ट्रका पर्यटक छन्।
पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्को एउटा सुन्दरता पनि थपिने गर्दछ। त्यो हो विदेशी आगन्तुक चरा। जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन्।
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डङ्गर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु रेष्टुरेण्टमा छाडिएको हो।
जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ।