coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

धनुषामा एक महिलाको शव भेटियो

धनुषामा एक महिलाको शव फेला परेको छ। धनजी गाउँपालिका ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा मंगलबार अन्दाजी ३५ वर्षीय महिलाको शव फेला परेको हो।

बल्खुमा एक जना पुरुषको शव भेटियो

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला पारेको छ।

नवजात शिशुको शव भेटियो

जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा आज दिउसो एक नवजात शिशुको शव फेला परेको छ।इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार धान काटेको खेतमा तीन चार दिनको हुनसक्ने नवजात शिशुको शव भेटिएको हो।

मकवानपुर पहिरो: बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता (अपडेट)

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ।

दोलखा पहिरोका बेपत्ता मध्ये ३ बर्षिय बालकको शव भेटियो (अपडेट)

दोलखाको गौरीशंकर गाउँपालिका ७ स्थित मार्बु गाउँको टोपाटारमा हिजो बेलुकी गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ३ बर्षिय बालक प्रिन्स थामीको शव भेटिएको छ।

दार्चुला हिम पहिरो: दुई महिलासहित तीन जनाको शव भेटियो (अपडेट)

दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहिन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ।

मकैबारीमा महिलाको शव भेटियो

मोरङको छुट्टाछुट्टै स्थानमा दुई महिलाको मृत्यु भएको छ। मृत अवस्थामा एक महिलाको शव मकैबारी भेटिएको छ भने अर्की महिलाको लडेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

मेलौलीमा महिलाको शव भेटियो

बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा एक महिलाको शव फेला परेको छ। करिब ३६ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बेपत्ता भएको ३८ दिनपछि हत्या गरि गाडिएको अवस्थामा सुजिताको शव भेटियो

एक महिनादेखि बेपत्ता महोत्तरीको लोहरपट्टि नगरपालिका –७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार शौचालयको ट्यांकीमा भेटिएको छ। जेठ १९ गतेबाट बेपत्ता सुजिताको हत्या गरेर निर्माणधिन शौचालयको ट्यांकीभित्र जुटको बोरामा प्याक गरेर गाडिएको अवस्थामा प्रहरीले उत्खनन गरेर निकालेको हो।

खोप पुर्‍याउन गएकी अस्मिताको शव भेटियो

डडेल्धुरा परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्।

बाढीमा बेपत्ता शाहीको शव भेटियो

बाढीमा बगेर बेपत्ता थप एक व्यक्तिको शव भेटिएको छ। बेपत्ता भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव आज बिहान साढे आठ बजेतिर भेटिएको हो।

जाजरकोट पहिरो वितण्डा : थप दुईको शव भेटियो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४, सार्की गाउँमा आएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ ।

म्याग्दी पहिरो : पुरिएका १९ जनाको शव भेटियो

पश्चिम म्याग्दीका विभिन्न गाउँमा गएको पहिरोमा परेर हराएका मध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म १९ जनाको शव भेटिएको प्रहरीले बताएको छ ।

पहिरोमा बेपत्ता बालकको शव भेटियो

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्