सामान्य अङ्कले बढ्यो नेप्से
नेपाल स्टक एक्सेचञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ।आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ।आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ।
नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन्।
नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन्।
नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ।
बागलुङको निसीखोला गाउँपालिका-५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गर्दै छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने भएको छ।
व्यापक विरोध भएपछि पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद्बाटै मठमन्दिर, गुम्बा र चर्चमा बजेट नहाल्ने निर्णय गरेका थिए। तर, पछिल्ला वर्षहरूमा उक्त निर्णय लत्याउँदै मन्त्रीहरूले चुनावमुखी बजेटका नाममा कुल मन्दिर, चर्च र गुम्बामा बजेट विनियोजन गर्ने परिपाटी हट्न सकेको छैन ।
६ वर्षदेखि अलपत्र संघीय निजामती सेवा ऐन मन्त्रिपरिषद्को विधेयक समिति पुगेको छ। मन्त्रिपरिषद्ले पास गरेमा विधेयक लोकसेवा आयोग जानेछ र आयोगले सहमति दिए
इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ मा जस्तो कपनको खोलामा पनि राजनीति छिरेको छ। उपन्यासमा जस्तै कपनमा पनि राजनीतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोशको भाव अधिक देखिन्छ।
सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।
स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्कहुँदा वातावरणलाई आकर्षित पारेको छ। गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदाघुमघाम गर्नेलाई मोहित बनाएको छ।उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन।