११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विश्वमा कोरोना संक्रमित ७८ लाख ७६ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३४ लाख ८७ हजार ८०१ जना व्यक्तिमा ७८ लाख ७६ हजार ४७० व्यक्ति संक्रमण मुक्त भएका छन् ।

उदयपुरका ६४ ले कोरोना जिते, हालसम्म ७६ संक्रमितमध्ये १२ उपचाररत

उदयपुरका १४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। चौदण्डीगढी नगरपालिका ६ सातधारेमा नवस्थापित ‘उदयपुर कोभिड–१९ अस्पताल’को आईसोलेसनमा राखेर उपचाररात ३ वर्षीया बालिकासहित १४ जनाले कोरोना जितेर बुधबार डिस्चार्ज भएका हुन्।

ताप्लेजुङका थप दुई संक्रमित डिस्चार्ज, थप एकमा संक्रमण

ताप्लेजुङमा थप २ जना कोरोना संक्रमित निको भएर बुधवार घर फर्किएका छन्। संक्रमित २ सहित ३० जनाको पीसीआर परीक्षणका लागि पठाईएकोमा उनीहरुसहित २९ जनाको परीक्षण रिर्पोट नेगेटिभ र एक जनाको पोजेटिभ आएको छ।

प्रहरीको कुटाईबाट कोरोना संक्रमित युवक गम्भीर

कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको बताइएको छ।

प्रहरीको कुटाईबाट कोरोना संक्रमित युवक गम्भीर घाइते

कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको हो। भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा रहेका युवक सोमबारसँगै बसेका साथीहरुसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए। पुनको कुटाइबाट युवक गम्भीर घाइते छन्।

प्रदेश १ मा ३५ संक्रमित डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमण मुक्त भएर ३५ जना डिस्चार्ज भएका छन् । समाजिक विकास मन्त्रालयका अनुसार मंगलबार कोरोना मुक्त भएर प्रदेश १ मा ३५ जना डिस्चार्ज भएका हुन् ।

‘निको भएका संक्रमितको प्रतिरक्षा प्रणाली केही महिनामै हराउन सक्छ’

कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिले केही महिनामै रोगविरुद्धको प्रतिरक्षा प्रणाली गुमाउनसक्ने सोमबार सार्वजनिक गरिएको एक अध्ययनले देखाएकोछ। अध्ययनको निचोडलेविभिन्न सरकारले महामारीको व्यवस्थापन गर्ने तौरतरिकामा महत्वपूर्ण प्रभाव पार्ने विज्ञहरूले बताएकाछन्।

संक्रमित घटे पनि कोरोना जोखिम कायमै

नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। आइतबार देशभरमा ८२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने शनिबार ७० जना मात्र संक्रमित थिए। शुक्रबार १ सय १८, बिहीबार १ सय ८ र बुधबार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको थियो।

पछिल्लो १० दिनमा ३७८६ जना कोरोना संक्रमित डिस्चार्ज

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १० दिनमा तीन हजार सात सय ८६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६ सय ७३ जना संक्रमित थपिएका छन् भने आठजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

कोरोनाले जुम्ला पुर्‍याएपछि...

जेठ २५ गते ४८७ जनाको पिसिआर नमुना संकलन गरिएको क्षण निकै गौरव महसुस गरेको थिएँ। तर बुझ्दै जाँदा त्यो नतीजाले म स्वयंलाई राज्यबाट घेराबन्दी गरेको महशुश गरेँ। राज्यका अधिकारीहरू निर्देशिकाका शब्दशब्द केलाएर गर्नु नहुने काम ग-यो भन्न थाले।

रुसमा कोभिडबाट सात लाख भन्दा बढी संक्रमित

रुसमा कोरोना भाइरसका सात लाख भन्दा बढी संक्रमित भेटिएका छन् । रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ ।

प्रदेश १ मा १३ संक्रमित थपिए

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार शनिबार प्रदेश १ मा शनिबार १३ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरूमा सुनसरीका ४, उदयपुरका ४ , मोरङका ३ र झापाका २ जना छन् ।

कोरोनाबाट काठमाडौंको दुई सहित थप तीनजनाको मृत्यु

काठमाडौंका दुई सहित नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

७० जनामा कोरोना संक्रमित थपिँदा ४३१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार तीन हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

रसुवामा १० जना कोरोना संक्रमित निको भए, एक जना थपिए

रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् । शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्