११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थप १ सय ३३ कोरोना संक्रमित हुँदा १०७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

७०.३९ प्रतिशत संक्रमित अस्पतालबाट डिस्चार्ज

पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

सफलताको श्रेय लिने हतारो

भारतलगायत विदेशबाट नेपाली आउने क्रम घटेसँगै संक्रमितको संख्या पनि घटेको देखिएको छ। तर संक्रमणको जोखिम र खतरा भने घटेको होइन।

एउटै कारखानाका ९ जना बिरामी

वीरगन्जको अस्थायी नारायणी कोभिड अस्पतालमा भर्ना भएका २९ जना कोरोनासंक्रमितमध्ये २३ जनामा कुनै नकुनै किसिमको लक्षणदेखिएको छ। ‘अहिले लक्षणसहित संक्रमण भएका बिरामीको संख्या हामीकहाँ बढी छ । २९ मध्ये ६ जनामा मात्र लक्षण छैन, बाँकीमा कुनै न कुनै किसिमको लक्षण देखिएकै छ,’ अस्पतालका संयोजक डा. उदयनारायण सिंहले भने, ‘ज्वरो, स्वासप्रस्वासमा समस्या, टाउको दुख्ने र रुघाखोकी लाग्ने जस्ता कोरोनाका लक्षण उनीहरूमा पनि देखिएको हो।’

कोरोना संक्रमित सम्पर्कविहीन

कोरोना भाइरस संक्रमण देखिएका एकजना विराटनगरका व्यक्ति सम्पर्कविहीन भएका छन् । कोरोना संक्रमित पुरुष मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा ज्वरो आएपछि जचाउन आएका थिए ।

वीपी प्रतिष्ठानमा महोत्तरीका एक कोरोना संक्रमितको मृत्यु, गृहजिल्लामा अन्त्येष्टि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति महोत्तरी जिल्लाको महोत्तसरी गाउँपालिका ३ का ६० वर्षीय वृद्ध हुन् ।

ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमित थपिए, १ जना डिञ्चार्ज

ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । १ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा १९ जना कोरोना संक्रमित थपिए

प्रदेश १ को पाँच वटा जिल्लामा मंगलबार १९ जना कोरोना भाइरस (कोभिड-१९ )का नयाँ संक्रमित पुष्टि भएका छन् ।

एकै दिन थपिए ५० संक्रमित

नारायणी अस्पतालको प्रयोगशालमा भएको पछिल्लो परीक्षणको रिपोर्ट अनुसार बारा र पर्सामा एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन । आइतबार राति आएको परीक्षणको रिपिोर्टमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

कोरोना संक्रमित मृतकको परिवारै संक्रमित, घर बन्यो आइसोलेसन केन्द्र

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय जेष्ठ नागरिक परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार संक्रमित, ५४३ को मृत्यु

भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

प्रहरीको कुटाइबाट कोरोना संक्रमित युवकको हात भाँचियो

प्रहरीको कुटाईबाट गम्भीर घाइते कोरोना संक्रमित युवकलाई पाँच दिनपछि उपचार सुरु भएको छ। उनको दायाँ हात भाँचिएको छ। हातको अप्रेशनका लागि कर्णाली प्रदेश अस्पतालले नेपालगञ्ज रेफर गरेको छ।

उपत्यकाका ३ हजार नुमना परीक्षणमा ३ संक्रमित

काठमाडौं उपत्यकामा समुदायस्तरमै कोरोना हुनसक्ने सवाल उठेपछि विभिन्न २७ ठाउँबाट ३ हजार स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा टोखाका ३ जनामा मात्र कोरोना पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका विभिन्न लक्षित स्थानमा नमुना संकलन गरी परीक्षण थालिएको र पहिलो चरणमा ३ हजार नमुना संकलन गरिएको जानकारी दिएको छ।

कोरोना संक्रमित कुटपिटको छानविन गर्न समिति गठन

कोरोना संक्रमित एक व्यक्तिलाई कुटपिट गरेको घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी संक्रमित

भारतमा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्