११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रवासको नेतृत्व गर्दै हरिबोल भण्डारी काठमाडौं-३ बाट सिफरिस

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीहरुले नाम सिफारिस गर्ने क्रममा अमेरिकाको टेक्सास बसोबास गर्दै आएका नेपाली काँग्रेसका युवा नेता हरिबोल भण्डारीलाई नेपाली काँग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ३ बाट सिफारिस भएका छन्। अमेरिकामा नेपाली समुदायबीच अत्यन्तै लोकप्रिय रहेका भण्डारी हरेक ६—६ महिनामा नेपालमा सामाजिक काममा सक्रिय रहने गरेका छन्। उनी नेपाली काँग्रेसको प्रवास भातृसंगठन जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य रहेका छन्।

ट्रम्पका नयाँ योजना, आप्रवासी रोक्ने, सीमामा पर्खाल लगाउने

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कागजातविहीन युवा आप्रवासीसँग कुनैपनि नयाँ सम्झौतामा बन्देज लगाएको छ ।

आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर

संयुक्त राष्ट्र संघले पहिलोपटक आयोजना गर्न लागेको विश्वव्यापी आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर देखिएको छ ।

स्पेनले ६०० आप्रवासीहरूको उद्धार गर्‍यो

स्पेनको तटरक्षक टोलीले करिब ६०० आप्रवासीहरूलाई उद्धार गरेको छ । उद्धार गरिएकाहरू मध्ये ३५ जना बच्चा  र एक शिशु छन्।  १५ वटा जहाजमा आप्रवासीहरूलाई राखी उद्धार गरिएको  तटरक्षक टोलीले बताएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार स्पेनमा अहिलेसम्म ९ हजारभन्दा बढी संख्यामा आप्रवासी छन्। उक्त संख्या गत वर्षको तुलनामा ३ गुणाले बढी हो।

प्रवासको पत्रकारिताबारे फ्र्यांकफर्टमा छलफल

प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा छलफल भएको छ। युरोपबाट सञ्चालित नेपालीनेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर जर्मनीमा सो विषयमा प्यानल छलफल भएको हो।

‘फ्रान्समा सबै कानुनी अाप्रवासन रोक्छु’

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमध्येकी एक अति दक्षिणपन्थी मारिन ल पेनले फ्रान्समा सबै प्रकारको कानुनी आप्रवासन रोक्ने बताएकी छिन् ।

प्रवासीका परिवारलाई ५० हजार उपचार खर्च

वैदेशिक रोजगारीमा रहेको व्यक्तिका आफन्तलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर तथा पार्किन्सन रोग लागे खर्च पाउने।

आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।

प्रवासी मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित भएका छन्। थापा पूर्बी अमेरिकी राज्य मेरिल्याण्डवासी हुन्। आइतबार भएको निर्वाचनमा थापाले निकट प्रतिद्वन्द्वी टेक्ससका जनक रानालाई पराजित गरेका थिए। थापाले ८५ मत प्राप्त गरेका थिए भने रानाले ५६ मत प्राप्त गरेका छन्।

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो।

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सार्वजनिक भएको छ। मंगलबार जारी गरिएको नयाँ नीति अमेरिकामा पछिल्ला केही दशक यताकै सबैभन्दा कडा आप्रवासी नीति भएको बताइएको छ।

गैरकानुनी आप्रवासीलाई फर्काउन १० हजार कर्मचारी खटाइयो

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेका आप्रबासीहरुलाई आफ्नै देश फर्काउन अमेरिकी सरकारले करिब दश हजार अध्यागमन टोली खटाएको बताइएको छ। यो नयाँ योजनामा सीमामा गस्ती गर्ने ५ हजार जना थप गरिने समेत जनाइएको छ।

अवैध आप्रवासी खोज्दै अध्यागमन

सरकारले अध्यागमन कानुनविपरीत विभिन्न आवरण र भेषमा नेपालमा बसिरहेका अवैध विदेशीको खोजी थालेको छ। गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा अध्यागमन अनुमतिबिना विभिन्न पेसा तथा व्यवसायमा संलग्न विदेशी नागरिक खोज्ने भएको हो।

अमेरिकामा आप्रवासीमाथि व्यापक धरपकड, हालसम्म ३७ आप्रवासी देशनिकाला

अमेरिकामा बसोबास गरिरहेका कागजातबिहिन आप्रवासीहरुलाई अमेरिकी सरकारले व्यापक धरपकड गरेको छ। अमेरिकी अधिकारीहरुले विभिन्न ठाउँमा छापा मारेर कागजात नभएका सयौं आप्रवासीलाई प्रकाउ गरेको समाचार संस्था एएफपीले बताएको छ।

प्रवासमा गर्भवती श्रीमती बिरामी, श्रीमानको अवस्था नाजुक

प्रवासमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती सिकिस्त बिरामी बनेपछि खोटाङको दिक्तेल नगरपालिका–६ बाम्राङ झिसेपुका लोकेन्द्र श्रेष्ठ समस्यामा परेका छन्। यूएई (दुबई)को अजीदिया ग्रुपको पौउल रेस्टुरेन्टमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती देवी श्रेष्ठ सिकिस्त बिरामी परेपछि उपचारका क्रममा लोकेन्द्रमाथि विपत्ती आइलागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्