राष्ट्रियता र राष्ट्रवादका सवालहरूसँगै महिला विकासका एजेण्डा
विश्वका धेरै राष्ट्रले एकैपटक महामारीको रूपमा झेल्नुपरेको कोरोना भाइरसको कहरका कारण खाडी मुलुकमा कार्यरत लाखौं श्रमिक नेपाल फर्काइने तरखरमा छन् । हुन पनि आफ्नो परिवार पाल्न र सन्तानलाई उचित शिक्षा दिन परदेशी भूमिमा रगतपसिना गर्दै देशको अर्थतन्त्रलाई रेमिटेन्सले धानिरहेका ती जमातले दुःखको बेला आफ्नो देश नफर्के कहाँ जाने ?