९ मंसिर २०८१ आइतबार
image/svg+xml

राप्रपा प्रवेश गर्ने मिश्रको तयारी

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन्।

पूर्वप्रधानमन्त्री ओलीसँग एनआरएनए प्रतिनिधि मण्डलको भेट

संघको प्रतिनिधि मण्डलले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, दोहोरो नागरिकता, सामाजिक सुरक्षा लगायतका मागमा सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको थियो।

जसपा असन्तुष्ट पक्ष आयोगमा

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चर्किएको बेला असन्तुष्ट पक्षका केही नेता नयाँ पार्टी दर्ताबारे कानुनी प्रक्रिया बुझ्न निर्वाचन आयोग पुगेको खुलासा भएको छ।

संस्कृत वाङ्मयको संवर्द्धनमा ‘जयतु संस्कृतम्’

‘जयतु संस्कृतम्’ शिक्षा सुधारको माग राख्दै काठमाडौँको तीनधारा संस्कृत छात्रावासमा बस्ने प्रधान पाठशालाका विद्यार्थीहरूद्वारा २००४ सालमा गरिएको आन्दोलन हो।

जसपामा फेरि किचलो

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्।

अनिर्णयको अलमल

कसैलाई मनमा लाग्दैमा सार्वजनिक कामका निम्ति निर्णय गर्ने परिपाटीले समस्या निम्त्याउन सक्छ। नेकपा (एमाले)बाट विभाजित भई बनेको नेकपा (एस) ले हालै गरेको एउटा निर्णय अन्ततः आफ्नै निम्ति प्रत्युत्पादक बनेको छ।

निर्वाचित गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुृसन्धान आयोगले भ्रष्टाचारको आरोपमा बिशेष अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेकाले निर्वाचनमा निर्वाचित मोहन्याल गाउँपालिका अध्यक्ष देवी दत्त उपाध्यायलाई निलम्वन गर्न सम्वन्धित निकायलाई पत्र पठाएको छ।

मन्त्री आलेको प्रस्तावमा अध्यक्ष नेपालको रोक

नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा विभिन्न विमानस्थल आसपास रहेको ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन गरिएको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ।

पश्चिम सेती भारतीय कम्पनीलाई

सरकारले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस आर ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मेवारी भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ।

राजसंस्थाले जनताको पक्षमा केही गर्न सकेन: कमल थापा

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको सम्वर्द्धन गर्नु पार्टीको मुख्य एजेण्डा भएको बताउँदै राजसंस्थाले जनताको पक्षमा केही काम गर्न नसकेको बताएका छन्।

कांग्रेसले बुद्धि बिगार्‍यो, माओवादीले ढाँट्योः डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृह जिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन्।

कांग्रेस अहंकारको बाटोमा छैन: महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।

'माओवादी केन्द्र र एमाले मिल्छन् भन्ने डरले कात्तिक मै चुनाव गर्दैछन् देउवा'

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको बताएका छन्।

वानका पूर्वअध्यक्षको स्मृतिमा अक्षयकोष स्थापना

निजी रेडियोहरूको छाता संस्था ब्रोडकास्टिङ अफ नेपाल (वान) का पूर्वअध्यक्ष चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्