७ वैशाख २०८१ शुक्रबार

नेपालको नयाँ नक्सा जारी भएको खुसीयालीमा दिप प्रज्वलन

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा प्रतिनिधिसभामा सर्वसम्मत पारित भएको खुसीयाली साट्दै म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ ।

संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा दिप प्रज्वलन

संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुसीयालीमा अर्घाखाँचीका सर्वसाधारणले थपिएको भूभागसहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पूर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्