मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्नुस् : राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुदै उनले अनुहार हेरेर राष्ट्रघाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गरेका हुन् ।