पशुपतिमा महाशिवरात्रिको तयारी, भित्तामा भगवान् शिवपार्वतीका चित्र
पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ।
पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्।
बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।
कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १ सय ८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ। बाँकी सुन गायब बनाइएको उजुरी अख्तियारमा परेको
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्।
यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।
नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो।
नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ।
गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी सुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८ सय किलो दाउराको व्यवस्था गरिएको छ।
उनीहरुले 'प्राचिन बस्ती मास्न पाइदैन, यस्तो गुरुयोजना चाहिदैन, पशुपति क्षेत्रलाई स्वायत्त क्षेत्र घोषणा गर, धर्मशाला बेच्न पाइदैन, भ्रष्ट पदाधिकारी चाहिदैन'लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।
कोरोना भाइरसका कारण यो पटकको हरितालिका तीज प्रभावित भएको छ। तीजको दिन देशभरका शिवालयमा व्रतालुहरुको भिड लाग्ने गर्थ्यो तर कोरोनाका कारण मन्दीरहरु सुनसान देखिए।
हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ। रक्षाबन्धनमा काठमाडौंको पशुपती क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ।
पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक र्यालीसहित विरोध प्रदर्शन गरेका छन् ।
चन्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ। प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ।
बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा १० करोड रुपैयाँ घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।