८ मंसिर २०८१ शनिबार
image/svg+xml

हङकङ विमानस्थल सुचारु

प्रदर्शनकारीको प्रदर्शनका कारण दुई दिनसम्म अवरुद्ध हङकङ विमानस्थल बुधबारबाट सुचारु भएको छ। प्रशासनले अवरुद्ध विमानस्थल सुचारु गराउने प्रयास गर्दा मंगलबार राति विमानस्थलभित्रै प्रदर्शन गरिरहेको प्रदर्शनकारी र दंगा प्रहरीबीच झडपसमेत भएको थियो।

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको हङकङको प्रदर्शन र विरोध अझै साम्य हुन सकेको छैन ।

विमानस्थल हजारौं प्रदर्शनकारीले भरिएपछि सबै उडान स्थगित

सरकार विरोधी प्रदर्शनकारीले लगातार चौथो दिन पनि विमानस्थलभित्रै प्रदर्शन जारी राखेपछि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार सबै उडान स्थगित गरेको छ ।

बढ्दो तनावबीच हङकङमा र्‍याली

आठ सातादेखि तनावग्रस्त हङकङमा नवौं साताको प्रदर्शनको तयारीका लागि शनिबार ¥याली आयोजना गरिएको छ। हङकङ प्रशासनसँग आमनेसामने भइरहेका लोकतन्त्र पक्षधर हङकङका प्रदर्शनकारीले नवौं साताको प्रदर्शनका लागि भेला भएर ¥याली आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शन सुरु गर्नुभन्दा अघि लोकतन्त्र पक्षधर प्रदर्शनकारीले मङ कक जिल्लामा ¥याली निकालेको बताइएको छ। ¥यालीमा सहभागीमध्ये केहीले प्रहरीसँग हुनसक्ने सम्भावित झडपलाई ख्याल गर्दै सुरक्षात्मक कपडा पनि लगाएका छन्।

हङकङ प्रदर्शनकारीलाई चीनको चेतावनी

लगातार आठ सातादेखि जारी हङकङको प्रदर्शनलाई लिएर चीनले चेतावनी जारी गरेको छ। चीनले एक मिडियोमार्फत हङकङका प्रदर्शनकारीलाई चेतावनी दिएको हो। हङकङमा रहेका चिनियाँ सेनाले जारी गरेको तीन मिनेट लामो भिडियोमा फौजले ‘दंगा–विरोधी’ अभ्यास गरिरहेको देखिएको छ। यो भिडियो हङकङमा रहेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई मनोवैज्ञानिक रूपमा चेतावनी दिइएको रूपमा लिइएको बिबिसीले उल्लेख गरेको छ।

प्रहरी पक्षधर हजारौं सडकमा

विधेयक विरोधी प्रदर्शनकारी र प्रहरीबीच दशकौंपछि हङकङमा ठूलो हिंसा भएको थियो। हङकङका न्यायमन्त्री टेरेसा चेङले प्रहरीले प्रदर्शनकारीमाथि गरेको क्रुर बल प्रयोगमाथि अनुसन्धान गर्न निर्देशन दिएकी थिइन्।

'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषद्सँगको वार्तालाई अस्वीकार गरेको छ। सुडानको राजधानी खार्तुममा जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक सय आठ जनाको मृत्यु भएपछि लोकतन्त्रवादी नेताले वार्तालाई अस्वीकार गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सुडानमा आम निर्वाचनको घोषणा, गोली लागेर ३५ भन्दा बढीको मृत्यु

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ।

प्रदर्शनकारीविरुद्ध सैनिक हस्तक्षेप, कम्तीमा १३ जनाको मृत्यु

सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

‘अवरोध’ हटाउन सेनाको आग्रह

सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखिएका अवरोध हटाउन सोमबार प्रदर्शनकारीसमक्ष आग्रह गरेको छ। सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन्।

भेनेजुएलामा  प्रहरी र प्रदर्शनकारीबीच झडप

भेनेजुएलामा गत हप्ता भएका चार वटा ठूला प्रदर्शनमध्ये शनिबार भएको पछिल्लो प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ ।

टर्कीमा एक लाख भन्दा बढी प्रदर्शनकारी पक्राउ

टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् ।

हजारौं प्रदर्शनकारीले भने:ट्रम्प मेरो राष्ट्रपति होइन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन्।

गुल्मीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, सांसदसहित २५ बढी घाइते

जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सदरमुकाम गुल्मी सदरमुकाम तम्घास तनावग्रस्त बनेको छ। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाई धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्