११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रिशूलीमा कार खस्दा  एकको मृत्यु,  दुई घाईते

त्रिशूली नदीमा नीजि कार खस्दा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरेमा शुक्रबार दिउँसो कार खसेको हो।  काठमाडौबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार त्रिशूलीमा खसेको हो।

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुयाएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ।

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आइतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन्।

त्रिशूलीमा यामाहाको नयाँ शो रुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबार नुवाकोटको बट्टारमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले त्रिशूली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरेको कम्पनीले जनाएको छ।

त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन १० महिनाभित्रै पूरा गरिने

निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ।

त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

माथिल्लो त्रिशूली–१ सँग डलरमा पिपिए

नेपाल विद्युत प्राधिकरण र २१६ मेगावाट माथिल्लो त्रिशूली–१ आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग विद्युत खरिद–बिक्री सम्झौता (पिपिए)मा हस्ताक्षर भएको छ । ऊर्जासचिव अनुपकुमार उपाध्याय र नेपालका लागि कोरियन राजदूतको उपस्थितिमा आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो इ सकले हस्ताक्षर गरेका हुन् ।

गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द

गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ।

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ।  गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए।

त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी

नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ।

त्रिशूलीमा उत्ताल तरंगसँगै

धादिङको बेनीघाटबाट अलि तल एउटा सुन्दर बस्ती देखिन्छ, मालिंगा । मालिंगाको छेउ हुँदै बगेको त्रिशूली नदीमा मानिसहरू र्याफ्टिङमा रमाइरहेका देखिन्थे । लाइफ ज्याकेट (पानीमा डुब्न नदिने कपडा) को सहारामा कोही पानीमा डुबुल्की मार्दै थिए, कोही प्याडल हाल्दै डुंगाको सहायतामा नदीमा तलमाथि बग्दै थिए । यो अघिल्लो बिहीबार धादिङ बेनीघाट पुग्दा देखिएको दृश्य हो ।

अविरल धमिलो बग्छ त्रिशूली

त्रिशूलीका धेरै ठाउँमा बालुवा निकाल्ने, चाल्ने तथा फिरफिरेहरूले माटो धुने कार्य निरन्तर गरिरहेका छन्। यसबाट आउने माटो सिधै मिसाइने गर्नाले त्रिशूली सधैँ बर्खायामको नदीझैँ धमिलो हुने गरेको छ।

रोकिएन त्रिशूलीमा अवैध उत्खनन

त्रिशूली नदीमा अवैध उत्खनन बढेको छ। तस्करहरू दिउँसोभन्दा रातको समयमा प्रशासनको आँखा छलेर नदीबाट बालुवा, ढुंगा र गिटी उत्खननमा सक्रिय छन्।

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो।

३७ मेगावाटकाे त्रिशूली थ्री ‘बी’ अघि बढाउन ग्लाेबल टेन्डर

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्