मकै जोनद्वारा विषादी वितरण
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण गरेको छ।
कोरोना भाइरस निःसंक्रमण गर्ने नाममा एक सफाइ कम्पनीले मान्छेलाई छर्किन नमिल्ने विषादी छर्केको पाइएको छ।
कुनै समय थियो, काभ्रे जिल्ला अझ पाँचखालको भन्नेबित्तिकै बढी रासायनिक विषादी प्रयोग भएको तरकारी भन्दै उपभोग गर्नेहरु डराउने अवस्था थियो। तर, यतिखेर पाँचखाल उपत्यकालगायत समग्र जिल्लामै रासायनिक विषादीको खपत घटेको सरकारी तथ्यांकले समेत प्रमाणित गरेको छ।
केन्द्रीय कृषि प्रयोगशाला माताहतका विषादी द्रुत विश्लेषण इकाइहरु (आरबिपिआर) ले चालु वर्षको मंसिरसम्मदेशभर ३४ हजार सात सय ६८ तरकारीको नमुनामा विषादी परीक्षण गरेको देखिन्छ। परीक्षणका क्रममा २४ नमुनामा मात्र खान अयोग्य विषादी अवशेष पाइएको एकाइको तथ्यांक छ।
बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरिएको छ।
भारतबाट अवैध तरिकाले विषादीयुक्त च्याउ नेपाल भित्र्याउँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै च्याउ उत्पादक किसान संघ नेपालले बुधबार हरिहरभवनस्थित किट विकास तथा प्लान्ट क्वारेन्टाइन केन्द्र र विषादी व्यवस्था विभागमा तालाबन्दी गरेको छ।
मेयर खत्रीले सरनटाडी देशकै नमूना गाउँको रुपमा रहेकाले सबै कृषक एकजुट भएर कृषिमा लाग्न आग्रह गरे। सरनटाडीलाई नगरपालिकाले सिमी पकेट क्षेत्र घोषणा गरेको छ।
ताजा तरकारीमाहुने विषादी अवशेषका विषयमा ठुल्ठूला हल्ला चल्ने गर्ने गरे पनि नेपाली बजारमा बिक्री भइरहेका तरकारीमध्ये थोरैमा मात्र विषादीको अवशेष तोकिएको मापदण्डभन्दा बढी हुने गरेको पाइएको छ।
डडेल्धुरा पहाडी क्षेत्रमा कृषि गर्ने किसानहरुले प्राबिधिक जानकारी बिना नै रसायनिक विषादी प्रयोग गर्ने गरेको पाईएको छ। पाँच दिनसम्ममा बजार पुर्याईने फलफुल तथा तरकारीमा यहाँका किसानहरुले ३० दिनसम्म पर्खनु पर्ने खालका कडा विषादी प्रयोग गर्ने गरेको पाईएको हो।
भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण केवल औपचारिकतामा सीमित देखिएको छ। रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएपनि त्यो औपचारिकताका लागि मात्रै हुने गरेको छ।
कृषि ज्ञान केन्द्र धुलिखेलले काभ्रेका तरकारी उत्पादन हुने क्षेत्रबाट आकस्मिक रुपमा संकलित नमूनामा विषादीको अवशेष जाँच्न थालेको छ ।
झुक्किएर किरा मार्ने विषादी खाँदा खोटाङमा एक किशोरी गम्भीर बिरामी भएकी छन् ।
बोत्तलमा राखेको विषादीलाई मोही ठानेर हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा ट्याम्टुककी १३ वर्षीय अम्बीका राईले पिएकी हुन्।
तरकारीमा विषादी प्रयोगको हल्ला जति छ त्यत्तिकै मात्रामा भान्सामा विषादी पुग्छ भन्ने बुझ्नु कमजोरी हुन्छ। मुलुकको ठूलो कृषि उपज बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण (आरपिबिआर) ल्याबमार्फत दैनिक गरिने नमुना परीक्षणले तरकारी उत्पादन गर्दा विषादी प्रयोग गरिए पनि भान्सामा पुग्ने बेला त्यसको अवशेष न्यून रहने देखाएको छ।
विषादी हाल्दा पनि खोटाङको विभिन्न क्षेत्रमा फैलिएको अमेरिकी फौजी किरा (फल आर्मी वर्म) नियन्त्रणमा आउन सकेको छैन। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवालगायत प्रभावित क्षेत्रमा विषादी हाले पनि उक्त फौजी किरा नियन्त्रणमा आउन नसकेको हो।