९ मंसिर २०८१ आइतबार
image/svg+xml

अनुभवले पिएचडी

कक्षा १० सम्म पढेकी उनले व्यावहारिक अध्ययनमा पिएचडी गरेकी छिन् । जीवनोपयोगी ज्ञान र सीपमा निपुण छिन् । परिवार व्यवस्थापनमा कुशल नेत्रकुमारी हाम्रो परिवारकी देवी हुन् ।

प्रकृतिमा आधारित समाधान खोजौँ

जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन।

लकडाउनका बेला निकालिए चार शिक्षक

तलब खुवाउनका लागि आयस्रोत नरहेको भन्दै दाङको एक सामुदायिक विद्यालयले लकडाउनको अवधिमा चार शिक्षकलाई निष्काशन गरेको छ । सरकारले लकडाउनको अवधिमा जो कोही मजदुरलाई निष्काशन नगर्न भनिरहेका बेला दाङको एक विद्यालयले भने चार निजी शिक्षकलाई अवकाश दिएको हो । घोराही उपमहानगरपालिका–२ रामपुरस्थित गंगा माध्यमिक विद्यालयले दुईजना मावि र दुई जना प्रावि तहका निजी शिक्षकलाई वैशाख १ गतेदेखि लागु हुनेगरी निष्काशन गरेको हो ।

औषधि व्यवसायीको मृत्यु, श्रीमती र साथी अनुसन्धानको घेरामा

विराटनगर–१० मा औषधि व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको शनिबार राति मृत्यु भएको छ । दुलालको मृत्यु भएको घटनालाई प्रहरी शंकास्पद भएको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । सुनसरीको इटहरी–१२ खनार स्थायी घर भएका दुलाल विराटनगर–१० मा डेरा गरी बसेको र सोही घरबाटै माँ पाथीभरा फर्मा नामबाट औषधिको थोक कारोबार गर्दै आएका थिए । डेरा लिएको घरमा दुलाल, उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) र ८ वर्षीय छोरासहित बस्दै आएका थिए ।

प्लान नेपालको दर्ता खारेजीको माग

राहत वितरणमा मनपरी गरेको भन्दै यहाँका केहि जनप्रतिनिधिले प्लान नेपालको संस्था दर्तानै खारेज गर्नुपर्ने माग गरेका छन् । कमलामाई नगरपालिकाले पहिलो चरणको राहत वितरण सुरु गरेपछि प्लान इन्टरनेशनल नेपाल सिन्धुली शाखाको सहयोगमा नेपाल रेडक्रस सोसाइटीमार्फत विभिन्न वडामा वितरण गरिएको राहतमा मनपरी भएको वडाअध्यक्षको आरोप छ ।

१५ वर्षिया बालिकालाई बलात्कार आरोपमा एक जना पक्राउ

छिमेकमा रहेकी १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको कृष्णगनर नगरपालिका– ११ औराहामा एक जना युवक पक्राउ परेका छन । शुक्रबार राति १० बजेतिर काम छ भनी आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा २४ वर्षिय तिरथ यादव पक्राउ परेका हुन ।

अनलाईन पाःलाम प्रतियोगिता

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले भईरहेको बन्दाबन्दी (लडडाउन)लाई सदुपयोग गर्ने गरि अनलाईन पाःलाम गायन प्रतियोगिता हुने भएको छ । लिम्बु जातिय संस्कृतिमा आधारीत पाःलामको प्रतियोगिताको तयारी अघि बढाईएको हो ।

बिरामी बच्चालाई पोषिलो खानेकुरा खुवाउन परिवारका अन्य सदस्यले सहयोग गर्दै

रसुवाको कालिका गाउँपालिका–२, कालिकास्थानकी सरिता गजुरेलले बच्चा बिरामी हुँदा साबिकको भन्दा बढी झोलिलो खानेकुरा खुवाउँछिन् । बिरामी बच्चाले एउटै मान्छेसँग भन्दा फरक फरक मान्छेले खुवाउँदा सजिलो गरी खान मान्ने हुनाले उनलाई परिवारका अरू सदस्यले पनि सहयोग गर्दै आएका छन् ।

‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नती गरिँदै

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीको तयारी गरिएको छ । स्थानीयको श्रम र पसिनामा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३.२७ किलोमिटर सडकका लागि १ नम्बर प्रदेश सरकारले वजेट विनियोजन गरेपछि लकडाउनकैबेला सडक स्तरोन्नतीको तयारी गरिएको हो ।

लकडाउनका बावजुद गोरखनाथलाई सवालाख रोट चढाइयो

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा लकडाउनका बावजुद १७ औँ पटक सवालाख रोट अर्पण गरिएको छ । राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिनसम्म रोट चढाउँदै आएको छ ।

कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना

तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने भएको छ।

विश्वव्यापी अनलाइन पालम प्रतियोगिता गर्दै

विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै याक्थुङ कल्चरल ग्रुपले ‘पहिलो विश्वव्यापी अनलाईन पालम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको हो । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका संस्कृति प्रेमीहरूलाई पालममा भाग लिन आव्हान गरेको छ ।

स्वास्थ्य चौकी इन्चार्ज र कार्यकारीबीच पानी बाराबारको अवस्था

महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व त्रसित बनिरहेको बेला हिमाली जिल्ला डोल्पाको एक नगरका नागरिकहरु सामान्य पारासिटामोलसम्म नपाएर छटपटि रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट स्वास्थ्य चौकीमा उपचारको लागि आउने सर्वसाधारणहरु सामान्य ज्वरोको लागि प्रयोग गरिने पारासिटामोलसम्म नपाएर खाली हात फर्कने गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्