११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अस्ट्रेलियाको मेलबोर्नमा छ हप्ते लकडाउन शुरु

कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ।

कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

सरकारले कोरोना परीक्षणको नाममा शुल्क लिए कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहिको चेतावनी दिए।

उपत्यकामा थपिए २३ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १६ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।

पाँच जिल्लामा कोरोनाको शून्य संक्रमण

नेपालका पाँच जिल्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शून्य संक्रमण भएका जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मस्ताङ र हुम्ला रहेका छन्।

२५५ जना संक्रमित थपिँँदा २५३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्।

मास्क नलगाई घरबाहिर हिँडे कारबाही हुने

मास्क नलगाई घरबाहिर हिड्ने र सामाजिक दुरी कामय नगर्नेलाई कारबाही हुने भएको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार महामारीको समयमा मास्क नलगाई हिँड्ने र तोकिएको सामाजिक दुरी पालना नगर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।

कोरोनाले रोक्यो पहेँलो धातुको कालोबजार

विश्वभरका मानिसको दिनचर्या नै फेरिदिएको कोरोना भाइरसका कारण चितवनमा पहेँलो धातु सुनको कालोबजार रोकिएको छ ।

कोरोनाले विदेशमा यो साता १३ नेपालीको ज्यान गयो

कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो।

रसुवाको नौकुण्डका नौजनाले कोरोना जिते

रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने व्यक्ति काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय पुरुष छन्।

सिन्धुपाल्चोकमा एक वर्षे बालिकासहित तीन संक्रमित थपिए

सिन्धुपाल्चोकमा एक वर्षीया बालिकासहित तीन कोरोना संक्रमित थपिएका छन्। योसमेत जिल्लामा संक्रमितको संख्या ३५ पुगेको छ। इन्द्रावती गाउँपालिका–१२ की एक वर्षीया बालिका तथा २३ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। उनका अनुसार बालिका आमाबुबासँगै भारत तथा दुई पुरुष स्याङ्जा जिल्लाबाट फर्केका थिए।

कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। शिशुको बुधबार साँझ निधन भएको हो।

चितवनमा एकै दिन थपिए २५ जना कोरोना संक्रमित

चितवनमा बुधबार एकैदिन २५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन्। भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा १२ जनामा कोरोना पुष्टि

काठमाडौंमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५ महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

तीन युवा किन बसे आमरण अनसन ?

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै 'इनफ इज इनफ' अभियान सुरु भयो। अभियानको अगुवाईमा विभिन्न प्रदर्शन पनि भए। त्यसकै अभियान्ताहरु अहिले आमरण अनसनमा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्