coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारबाहीको माग

नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् ।

मास्क र सेनिटाइजर पाएपछि प्रहरी दंग

सुर्खेत महिला जेसीजले प्रहरीलाई मास्क र सेनिटाइजर दिएको छ। कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चोकचोकमा खटिने प्रहरीको सुरक्षाका लागि मास्क र सेनिटाइजर प्रदान गरेको सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङले बताइन्।

तस्करी गर्न नपाएपछि प्रहरीलाई धम्की

तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन्। विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

तस्करी गर्न नपाएपछि प्रहरीलाई धम्की

तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन् । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पादकलाई धम्की, महासङ्घद्वारा सुरक्षाको माग

नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

नागरिककर्मी देवकोटालाई ज्यान मार्ने धम्की

समाचारको विषयलाई लिएर डोल्पास्थित नागरिककर्मी विष्णुप्रसाद देवकोटालाई ज्यान मार्ने धम्की आएको छ । कामै नभएको सडकको रकम निकासा गरेर अनियमितता भएको समाचार प्रकाशित भएपछि कार्की निर्माण सेवाका सञ्चालक दुधसिं कार्कीले नागरिककर्मीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

नागरिककर्मी पौडेललाई धम्की दिनेमाथि कारबाहीको माग

नागरिककर्मी दिलिप पौडेललाई केही व्यक्तिले धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। ती संस्थाले धम्की दिनेलाई कारबाही गर्न समेत माग गरेका छन्।

पत्रकारलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

खोटाङमा समाचारको विषयलाई लिएर कांग्रेस नेताले पत्रकारलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आंशका गरिएका व्यक्तीलाई राख्नेक्रममा कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको समाचार लेखेको विषयमा पत्रकार उत्तम चौंलागाईलाई धम्की दिएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ

नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन्।

मन्त्री भट्टद्वारा सचिव खरालमाथि धम्की

सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्।

सुरक्षाको माग गर्दै सिडिओ कार्यालयमा निवेदन

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डाक्टर दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्। मन्त्रीले सचिव खराललाई भने अनुसार काम नगरेको भन्दै ज्यान मार्ने धम्की दिएकी हुन्। आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेश प्रमुख सचिवलाई निवेदन दिएका छन्।

नौ महिनामा चारपटक आन्दोलनको धम्की

दाहालले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका छन्।

युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा

युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई ४० लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।

२० लाख नदिए महिलाकाे हत्या गर्ने धम्की दिने पक्राउ

एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ।

स्थानीय सरकारका प्रमुखबाट पत्रकार असुरक्षित

मेयर चौधरीले आठ वर्षअघि विराटनगरमा पर्शुराम बस्नेतको आदेशमा पत्रकार खिलानाथ ढकालको नाक भाँच्नेलाई केही नभएकाले आफूले पनि त्यही गर्ने भन्दै पत्रकार अनुपमलाई धम्की दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्