८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रसारण लाइन निर्माणबारे ऊर्जामन्त्री–अमेरिकी राजदूत छलफल

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरे।

नियमावली विवादमा आज छलफल

प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण विवाद बल्झिँदै गएको छ। विवाद सल्टिन समस्या भएपछि निकास खोज्न सभामुख कृष्णबहादुर महराले सोमबार प्रमुख दलहरुसँग छलफल गर्ने भएका छन्। सभामुखले यसअघि पनि दलीय छलफल गरेका थिए तर सहमती जुटेको थिएन।

प्रदेश ३ को बजेटबारे छलफल सुरु

प्रदेश ३ को आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी ‘पूर्व बजेट’बारे छलफल सुरु भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेसँगै छलफल थालिएको हो।

फोरमसँग एकताबारे छलफल भएको छैन् : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको स्पष्ट पारेका छन्।

गण्डक समस्याबारे छलफल नभएकामा गुनासो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन्।

माेदी र कांग्रेस नेताहरूबीच नेपाल-भारत सम्बन्धबारे छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी भेटवार्ता गरेका थिए ।

ओलीसँग विस्तृत छलफल गर्नेछु : मोदी

नेपाल भ्रमणको अन्तिम तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पूर्व सन्ध्यामा ओलीसँग विस्तृत छलफल गर्ने बताएका छन्।

प्रतिनिधिसभामा प्रि-बजेट छलफल शुरु

प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आज(विहीबार)देखि छलफल शुरु भएको छ।

‘मोदी भ्रमणमा १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोदीको भ्रमणमा नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने जानकारी दिए।

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेका छन्।

मुख्यमन्त्रीसँगको छलफलपछि सदन सुचारु

सत्तापक्षी दल र प्रतिपक्षी दलको अडानका कारण आइतबारको प्रदेशसभा बैठक निर्धारित समयभन्दा ५ घण्टापछि मात्र सुचारु भयो । शुक्रबार प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले नीतिगत भ्रष्टाचारको खुड्किलो रहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेका थिए ।

ओली र दाहालबीच दुई पटक छलफल, ठोस सहमति जुटेन

पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विहीबार बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ।

ओली र दाहालबीच छलफल

पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्