१५ मंसिर २०८१ शनिबार
image/svg+xml

ट्रम्पद्वारा “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” आदेश जारी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौँ” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेका छन्।

ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न आदेश

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय  सुनाए पनि फरार रहेका माओवादी केन्›का नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेको छ।

डिआइजी सिलवालको रिटमा अन्तरिम आदेश भएन

प्रकाश आर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय रोक्न माग गर्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

केजरीवाललाई प्रकाउ गर्न आदेश

नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आद्मी पार्टीका नेता अरविन्द केजरीवाललाई आसामको एक अदालतले प्रकाउ गर्न आदेश जारी गरेको छ।

अदालत उपस्थित हुन देउवालाई आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई १० दिनभित्र लिखित जबाफसहित अदालतमा उपस्थित हुन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो।

सरकारी वकिललाई निलम्बन नगर्न आदेश

६ सय ३१ करोड रुपैयाँ बराबरको बिगो हुने मुद्दामा बिगो कायम नगरेको, प्रत्यक्ष संलग्न रहेका व्यक्तिबाहेकलाई मुद्दा दायर गरेको तथ्य सार्वजनिक भएपछि  सहन्यायधिबक्ता टेकवहादुर घिमिरे अनुसन्धानका लागि तानिएका थिए।

एनआरएन अमेरिकामा लफडा: अदालत आदेशको पौडेल द्वयद्वारा फरक-फरक व्याख्या

गैरआवासिय नेपाली संघ अमेरिकाको विपक्षमा दायर एक मुद्दा अमेरिकास्थिति टेनेसी अदालतको आदेशपछि अब निर्वाचनका लागि बाटो खुलेको छ। नगेन्द्र पौडेललगायतद्वारा मार्च १९ मा दायर मुद्दामा वर्तमान कार्य समिति विघटन, नयाँ तदर्थ समिति गठन र अदालतद्वारा गठित समितिद्वारा निर्वाचन गराउन गरिएको थियो। सो मुद्दा टेनेसी अदालतले मंगलबार खारेज गरेको संघका अध्यक्ष डा.केशव पौडेलले बताए।

न्यायाधीश नियुक्ति फाइल मगाउन आदेश

सर्वोच्च अदालतले उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस फाइल मगाउने आदेश दिएको छ। आनन्दमोहन भट्टराईको एकल इजलासले न्यायाधीश नियुक्ति गर्दा वरिष्ठतालाई ध्यान नदिएको भन्दै न्यायपरिषद्को निर्णय फाइल मगाउन बुधबार आदेश दिएको हो।

ट्रान्सफर्मर घोटालामा विदेशीसहित २५ दोषी, ४६ करोड असुल्न आदेश

विशेष अदालतले नेपाल विद्युत् प्राधिकरणको 'बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड' मा प्राधिकरण तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारीलाई दोषी ठहर गरेको छ। यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जनालाई पनि दोषी ठहर गरिएको छ।

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ।

संवैधानिक इजालस तोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीलाई संवैधानिक इजलाशमा न्यायाधीश तत्काल तोक्न परमादेशको आदेश गरेको छ।

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुन्न आदेश

जिल्ला अदालत काठमाडौंले मिटर उल्टो घुमाएर रकम असुल गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारी र व्यापारीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

ट्रम्पको आदेश तत्काल कार्यान्वयन नगर्न अदालतको फैसला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेर ६ मुस्लिम राज्यका नागरिकहरूलाई अमेरिका प्रवेशमा लगाएको रोक बारेको निर्णयलाई तत्कालै कार्यन्वयन नगर्नका लागि अमेरिकी एक अदालतले फैसला गरेको  छ।

स्ववियु चुनाव गराउन आदेश

सर्वोच्च अदालतले केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव तुरुन्त गर्न त्रिभुवन विश्वविद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चुनाव रोकिएका क्याम्पसमा तत्काल प्रक्रिया सुरु गर्न बुधबार यस्तो आदेश दिएको हो।

आरआरमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्