१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एक सय १७ सैनिकलाई पक्राउ आदेश

टर्कीको एक अदालतले एक सय १७ जना सैनिक अधिकारीलाईपक्राउ गर्न आदेश जारी गरेको छ । गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो पक्राउ आदेश जारी गरिएको बताइएको छ । टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ ।

अदालतको आदेश अवज्ञा गरी कर असुल्दै जिसस

लहान-भगवानपुर–ठाढी सडकमा अनियमित पटके कर असुल्ने कार्यलाई गैरकानुनी ठहर गर्दै उच्च अदालत जनकपुरले गरेको निषेधाज्ञा र परमादेश अवज्ञा गर्दै जिल्ला समन्वय समिति सिरहाले कर असुली गरिरहेको पाइएको छ ।

तत्काल ऐन जारी गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाअनुसार माघभित्र गर्ने चुनावका लागि तुरुन्त ऐन जारी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

निर्वाचनसम्बन्धी सबै कानून बनाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी कानून अविलम्ब निर्माण गरी निर्वाचन गर्न सरकारका नाममा परमादेश जारी गरको छ।

जग्गा प्लटिङ नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जग्गा प्लटिङ नरोक्न भूमिसुधार तथा व्यवस्थापनमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो। अधिवक्ता जगदीश आचार्यले प्लटिङ गर्न रोक्नु सम्पत्तिको हकविरुद्ध भएको भन्दै सर्वोच्चमा साउन ३१ गते रिट निवेदनदर्ता गरेका थिए। निवेदन दर्ता गरेकै दिन अन्तरिम आदेश जारी भएको हो।

नागरिकतासम्वन्धी मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले ब्यवस्थापिका संसद र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतको नाममा जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता रोकेकोमा ‘कारण देखाउ’ आदेश जारी गरेको छ। जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता नपाएको भन्दै सोबिरुद्ध सर्वोच्च अदालतमा बुधवार परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले शुक्रवार कारण देखाउ आदेश जारी गरेको हो।

सर्वोच्चद्वारा चुडामणि शर्मालाई थुना मुक्त गर्न आदेश

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सर्वोच्चको आदेमा थुनामुक्त भएका छन्। बन्दि प्रत्यक्षिकरणाको रिटमा सर्वोच्चको पूर्ण इजालशले शर्मालाई थुनामुक्त गर्न आदेश गरेको हो। उनी थुनामुक्त भए पनि उनी विरुद्धको सुनुवाई जारी रहने छ।

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

निर्वाचन हुनुभन्दा तीन दिन अघि टेनेसी अदालतले दिएको आदेशका कारण गैरआवासिय नेपाली संघ अमेरिकाको अधिवेसन अनिश्चित बनेको छ। केन्द्रिय अधिवेशनलाई प्रभाव पार्न सक्ने सबैभन्दा धेरै सदस्य रहेको अमेरिकामा आफूलाई उम्मेदवार बन्नबाट बन्चित गरेको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले अदालतमा दायर गरेको मुद्दामा टेनेसी अदालतले अर्को आदेश नआउँदासम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न र विपक्षीको कुरा सुन्ने गरी आन्तरिम आदेश जारी गरेपछि निर्वाचन रोकिएको हो।

सर्वोच्चको आदेश चोरलाई चौतारो : ज्ञवाली

गणना क्रममा मतपत्र च्यातिएको भरतपुर महनागरपालिका– १९ मा फेरि मतदान गराउन सर्वोच्च अदालतले आइतबार दिएको आदेश अन्यायपूर्ण भएको प्रतिक्रिया मेयर पदका उम्मेदवार देवी ज्ञवालीले दिएका छन्। उनी महानगरपालिकामा एमालेका उम्मेदवार हुन्। गणनामा उनको अग्रता भइरहेको अवस्थामा मतपत्र च्यातिएको थियो।

भरतपुर १९ वडामा पुनः मतदान आदेश

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको एउटा वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्मत ठहर गरेको छ। अदालते भरतपुर महानगरपालिकाको १९ वडामा पुनः मतदान गराउने आदेश दिएको छ।

भरतपुर १९ मा पुन: मतदान गर्न सर्वोच्चको आदेश

भरतपुर महानगरपालिका-१९ को मत परिणाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुन:मतदान गर्नुपर्ने फैसला सुनाएको छ।

बदलामा किशोरी बलात्कार गर्न आदेश दिने पक्राउ

दाईले एक बालिका बलात्कार गरेको अभियोगमा बदला स्वरुप बहिनीलाई बलात्कार गर्न आदेश दिने २० जनालाई पाकिस्तानको मुल्तानबाट पक्राउ गरिएको छ।

प्रधानमन्त्रीको ठाडो आदेशमा एलडिओकोे सरुवा

नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ।

योग्यताक्रम विपरीत पिजी  भर्नाको मान्यता नहुने  अदालतको आदेश

निर्धारित प्रक्रियाविपरीत पिजीमा भएको विद्यार्थी भर्नाले मान्यता नपाउने अदालतको आदेशपछि योग्यता सूचीमा अगाडि रहेका विद्यार्थीले तोकिएको शुल्कमा भर्ना नपाए आइओएमले दुवै कलेजको सम्बन्धन खारेजीको प्रक्रिया थाल्नेछ।

ट्रम्पका छोरा र ज्वाईलाई सिनेटमा उपस्थित हुन आदेश

अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा भएको रूसी हस्तक्षेपबारे बयान दिनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निकटका तीन व्यक्तिहरूलाई अमेरिकाको सिनेट समितिले सिनेटमा उपस्थित हुन आदेश दिएको छ ।  उनीहरूलाई आगामी जुलाई २४ का दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाइका लागि बोलाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्