१४ आश्विन २०८१ सोमबार
image/svg+xml

भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले भर्खरै भत्किएको पुलको निरिक्षण गरेका छन्। निरिक्षणको क्रममा उनले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको बताए।

कारबाही अघि बढाउन महाशाखालाई पत्र

तारागाउँ विकास समिति र हायात होटलको जग्गा विवादबारे छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रतिवेदन बुझाएको छ। मंलबार समितिका संयोजक भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक समरबहादुर सिंह ठकुरीले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई प्रतिवेदन बुझाएका हुन्।

संमायोजन नमान्ने डाक्टरलाई कारबाही गरिने

उप–प्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजन नमान्ने चिकित्सकलाई नियमअनुसार कारबाही गरिने बताएका छन्। सोमबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। ‘खटाएको ठाउँमा नजाने डाक्टरलाई नियमअनुसार कारबाही हुन्छ,’ मन्त्री यादवले भने। मन्त्री यादवले कर्मचारी समायोजनको उल्लंघन गर्न नपाइने विषयलाई जोड दिँदै भने, ‘सरकारले खटाएको ठाउँमा जानुपर्छ। गाउँमा जनता बस्छन्। त्यहाँ अस्पताल छन्। उनीहरुले उपचार पाउनु पर्छ।’

कारबाहीमा परेको व्यक्तिलाई जिम्मेवारी

राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को कारबाहीमा परेका आरके शेरचनलाई महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

‘अख्तियारले साना माछा मात्रै समात्यो’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला भ्रष्टाचारीलाई समात्न नसकेको’ खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मंगलबार दिक्तेलमा आयोजना गरेको भ्रष्टाचारको नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले स–साना भ्रष्टाचारीलाई अख्तियारले समाते पनि ठूला भ्रष्टाचारीलाई समातेर कारबाही गर्न नसकेको गुनासो गरेका हुन्।

रोहितलाई जरिवाना

सुस्त गतिमा ओभर सकाएका कारण मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन्। शनिबार किङ्स इलेभेन पन्जाबसँगको खेलमा सुस्त गतिमा ओभर फ्याँकेकाले शर्मालाई आइपिएलले १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको हो।

सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस

झापाबाट फर्किंदा फागुन २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा प्रधानमन्त्री केपी ओली सवार जहाज आकाशमै ‘होल्ड’ भएपछि छानबिन गर्न बनेको समितिले कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

होलीमा नौ सय १८ सवारी कारबाहीमा

उपत्यकामा होली पर्वले गर्दा बुधवार ओहोरदोहोर गर्नको लागि सर्वसाधारणले सास्ती खेपेका छन्। सडक, पैदलमार्गमा होली खेल्नेको भीडभाड बढेपछि सवारी जामसँगै हिँडडुल गर्न उनीहरुलाई सास्ती भएको हो। भीडभाड र सवारीजाम भएपछि यात्रुहरु गन्तव्यमा पुग्न नसकेका हुन्।

मल्ललाई कारबाही

धनगढी प्रिमियर लिग (डिपिएल) को टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही सुनाएको छ ।

डिन पाठकलाई कारबाही गर्न माग

भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोप लागेका डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्।

एकैदिन १७१ सवारी साधन कारबाहीमा

जथाभाबी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मात्र १७१ सवारी साधनलाई हर्न कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर पर्ने भएकाले कारबाहीलाई तीव्रता दिइएको हो।

संवैधानिक अंगको साख

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोर्ड बैठकले अनियमितताको आरोपमा राजीनामा गरी हटेका आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन हुन सक्ने बताएको छ। अख्तियारले आफ्नै पूर्वआयुक्तमाथि समेत छानबिन गरी कारबाही अघि बढायो भने समाजमा सकारात्मक सन्देश जानेछ।

१० लडाकु मारिए

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकु मारिनुका साथै दर्जनौं घाइते भएको सेनाले जनाएको छ। सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनःमुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए।

अवैध क्रसरलाई कारबाही गर्न आलटाल

जिल्ला प्रशासन कार्यालय सिरहाले १३ जेठ २०७५ मा कानुनी हैसियतबिना सञ्चालित जिल्लाका क्रसर उद्योगमाथि कारबाही गर्न व्यहोराका पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विवरणसहित पठायो। पत्र पठाएको सात महिना पुगे पनि मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।

आर्थिक प्रलोभनमा परे कडा कारबाही : आइजिपी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी कुनै पनि कर्मचारी आर्थिक प्रलोभनमा परेको जानकारीप्राप्त भए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरी कर्मचारीले आर्थिक प्रलोभनमा परेको र दुई रुपैयाँ नै किन नहोस्, घुस खाएको भेटिए कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्