१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कारबाहीमा सात आतङ्ककारी मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन्।

त्रिविसेवा पदाधिकारीलाई कारबाहीको माग

त्रिवि सेवा आयोग पदाधिकारीले आफन्तलाई पास गराउन परीक्षार्थीका प्राप्तांकमा पाँच पटकसम्म केरमेट गरी नतिजा फेरबदल गरेको तथा फेल भएका परीक्षार्थीलाई ३० अंकसम्म थपेर मेरिटमा पारिएको तथा मेरिटमा परेका परीक्षार्थीको नम्बर घटाएर फेल गराइएका छन्।

सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनेलाई कारवाही : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताए।

प्रहरी कारबाहीमा मारिएका कुमार पौडेलको गृहजिल्ला सर्लाही ठप्प

पौडेल मारिएको विरोधमा विप्लवले बन्द आव्हान गरेको हो। जिल्लामा मोटरसाईकल बाहेक कुनैपनि सवारी साधन चलेका छैनन्।

सांसदको प्रश्न : रेशम चौधरीलाई नेल लगाउनेलाई कारबाही भयो ?

सांसद एकवाल मियाँले रेशम चौधरीलाई नेल लगाउने लाई भएको कारवाही बारे जानकारी माग गरेका छन्। संसद बैठकमा बोल्दै उनले दश बर्षे माओवादी आन्दोलनमा पनि सर्वसाधरण मारिएको उल्लेख गर्दे कैलाली आन्दोलन पनि सोही प्रकृतिको भएको भन्दै 'एउटा आन्दोलनकारी सिंहदरबार र अर्को जेलमा । यो कस्तो कानुन हो? ’भनी प्रश्न गरे।

कांग्रेसले थाल्यो चुनाव वागी उठ्नेलाई कारवाही (नामसहित)

नेपाली कांग्रेसले वागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाईसमेत कारबाही गरेको छ।

सडक विस्तारको काममा लापरबाही गर्ने ठेकेदारलाई १५ करोड जरिवाना

दुइै सय दिनभित्र काम नसिध्याए पहिलो प्याकेजको जिम्मा पाएको गौरीपार्वतीले ६ करोड र दोस्रो प्याकेजको जिम्मा पाएको शंकर मालीले ९ करोड गरी १५ करोड रुपैयाँ हर्जाना सरकारलाई तिर्नुपर्नेछ।

कारबाहीमा चार आतङ्ककारी मारिए

अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन्।

हर्न बजाउने सवारीसाधन कारवाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ।

अफगानिस्तानको फराहमा भिडन्त

अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्।

सर्वोच्चलाई अख्तियारले टेरेन

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दाका अभिलेख माग्दा नदिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसहितका कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन आदेश गरेको छ।

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरू

अदालत परिसरभित्रै गुण्डागर्दी गर्दै कानुन व्यवसायी र पक्षलाई मार्ने धम्की दिने दुइजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहीबार आफैं बयान गर्न उपस्थित हुन आदेश दिएको छ। जिल्ला न्यायाधीश दिपक कुमार खरेलको इजलासले झापाका विनोद मैनाली र शिवहरी मैनालीलाई अदालतमा गुण्डागर्दी गर्नुको कारण सहित सातदिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो।

अतिक्रमणकारीलाई कारबाही गर

राजधानीकोे मुटुमा रहेको खुलामञ्च कब्जा गरी बनाइएका व्यापारिक टहरा शनिबार जे–जसरी भत्काइएको छ, त्यो जायज छ। अवैध रूपमा टहरा निर्माण गरेपछि त्यसलाई भत्काउन महानगरपालिकाले ताकेता गर्दै आए पनि अटेर गरेपछि मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा नगर प्रहरीले डोजर लगाई टहरा भत्काएको हो।

न्यायाधीशमाथि कारबाही माग

सरकारले मुआब्जा दिई अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको फैसला सुनाउने काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेललाई कारबाही माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ।

आयोग घेरा हाल्नेलाई कारबाही गर्न निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगको नेपालगन्जस्थित कार्यालयमा घेरा हालेकोप्रति आपत्ति जनाउँदै त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्