१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बीमा भुक्तानी समयमै नगर्ने कम्पनीलाई कारबाही गर्छु : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन्।

मन्त्रीलाई कारबाही गर्न जनप्रतिनिधिहरूको माग

सेक्युरिटी प्रेस खरिदमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बागेर्निङ गरेको भिडियो सार्वजनिक भएपछि रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘७० करोड घुस माग्ने मन्त्रीलाई प्रधानमन्त्री ज्यूले तुरुन्त बर्खास्त गरी जेल हाल्नु पदर्छ। स्याबास कम्युनिस्टको मन्त्री गोकूलप्रसाद बाँस्कोटा, पार्टी र सरकारको बदनाम।’

किसानलाई क्षतिपूर्ति र प्रहरीलाई कारबाही माग

किसानले वीरगन्ज भन्सारमा लिलामी गरिएको आलुको क्षतिपूर्ति र सशस्त्र प्रहरी बल, राजस्व सुरक्षा गुल्म १४ पर्सा वीरगन्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीलाई कारबाही माग गरेका छन्।

ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

गृहमन्त्री रामबहादुर थापा (बादल)ले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने बताएका छन्। पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा शनिबार तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरेपछि उनले समयमै निर्माण नगर्ने ठेकेदारलाई एकपटक समय दिदा पनि सम्पन्न नगरे कानुनी रुपमा कारबाही गर्ने बताएका हुन्।

तस्करीमा संलग्न प्रहरीलाई कारबाही

नेपाल–भारत सीमास्थित प्रहरी युनिटमा कार्यरत दुई प्रहरी चौकी प्रमुखलाई कारबाही गरिएको छ। नेपाल–भारत सीमामा हुने तस्करीमा संलग्न भएको आरोपमा प्रदेश प्रहरीले दुई प्रहरी चौकी इन्चार्जलाई कारबाही गरी प्रदेश प्रहरी कार्यालयमा तानेको छ।

प्रहरीको कारबाही फुकुवा गर्ने तयारी

कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीमाथिको कारबाही फुकुवा हुने सम्भावना बढेको छ।

ट्राफिक नियम उल्लंघन गर्ने २० हजार बढी सवारी चालकलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको जनाएको छ। महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउन यता २० हजार ४ सय ३३ जना सवारी चालकहरुलाई कारबाही गरेको जनाएको हो।

ठेक्का तोडियो, जरिवाना तोकियो

तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड न्यौपाने जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

कारबाहीका लागि निर्देशन

वीरेन्द्रनगर–११ स्थित धोद्रेसालदेखि नाराढिकसम्मको चक्रपथ खण्डमा जथाभावी रुख काट्नेलाई कारबाही गर्न डिभिजन वन कार्यालय सुर्खेतले निर्देशन दिएको छ। सवडिभिजन कार्यालय वीरेन्द्रनगरलाई कारबाहीका लागि निर्देशन दिइएको हो।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

महिनावारी हुँदा गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कारबाही हुने

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले संस्कारका नाममा गलत व्यवहार गर्ने कसैलाई छुट नुहने भन्दै जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्ने व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो।

कीर्ते उपभोक्ता समिति खडा गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराइएको भन्दै कांग्रेसको छायाँ सरकार बिरोधमा उत्रिएको छ।

काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही हुने : प्रधानन्यायाधीश जबरा

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सुशासन कायम गर्ने प्रयासहरुको प्रभाव देखिन थालेको महशुस भएको बताएका छन्।

सिट क्षमताभन्दा बढी यात्रु चढाए कारबाही

२ जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

भारत विरोधी कार्यक्रममा सहभागी भएकाे भन्दै समाजवादीका एक नेतालाई कारबाही

समाजवादी पार्टीले भारतविरोधी एउटा कार्यक्रममा सहभागी भएको कारण देखाउँदै पार्टीकी राजनीतिक समितिका सदस्य रेखा यादवलाई कारबाही गर्ने भएको छ। यादवलाई कारबाही गर्न उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्