१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दुई वटा जिल्लामा लुकेर बसेका तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका छन्।

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई नाममात्रको कारबाही

सरकारको केन्द्रीय सचिवालयको ढोकैमा सुरक्षाकर्मीमाथि विदेशी जाइलाग्नु गम्भीर मामिला हो, यति गम्भीर विषयमा सरकारले चासै दिएन ।

नगरप्रमुखलाई कारबाही माग

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई लक्षित गरी सामाजिक सञ्जालमा आएका विभिन्न टीकाटिप्पणी छानबिन तथा सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस इटहरीले माग गरेको छ ।

अटेरी गर्ने पसलमाथि कारबाही

आमाको मुख हेर्न दिनलाई लक्षित गरी पसल नखोल्न पटकपटक गरेको अनुरोधलाई अटेरी गर्ने पसलमाथि कारबाही गरिएको छ ।

विवाह, व्रतबन्ध गरे कारबाही !

वैशाख आउदैछ। हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन्। त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन्। तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुने भएको छ।

बिना जानकारी बिदामा बस्ने ५ डाक्टरलाई कारबाही

कोरोना संक्रमण रोकथाममा खटीनु पर्ने बेला डिउटीमै नजाने पाँच जना डाक्टरलाई प्रदेश सरकारले कारबाही गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले बर्खास्त गरेको हो।

सेवा प्रवाह नगर्ने एम्बुलेन्स नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ।

दुई ग्यास उद्योगको कारोबार रोक्का

नेपाल आयल निगमले दुई ग्यास उद्योगलाई कारबाही गरेको छ। निगमको निर्देशन अटेर गरेपछि कारबाही स्वरुप जानकी ग्यास र लियो ग्यासको १५ दिनका लागि कारोबार रोक्का गरेको छ।

लकडाउन उल्लंघन गर्ने १ सय ७१ सवारी साधन कारबाहीमा

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगिन र नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिबार १२ औँ दिन भएको छ।

‘लकडाउन’को मौका पारेर कालोबजारी गर्ने व्यवसायीलाई कारबाही

खोटाङको रावाबेँसी गाउँपालिकामा ‘लकडाउन’को मौका पारेर उपभोग्य वस्तुको मूल्य बढाएर बिक्री गर्ने व्यवसायी कारबाहीमा परेका छन्। रावाबेँसी गाउँपालिका–६ हौंचुरमा वडा कार्यालय नजिकै खुद्रा व्यवसाय सञ्चालन गर्दै आएका सिराहाका दिपेन्द्र चौधरी कारबाहीमा परेका हुन्। चामल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको चर्को मूल्य वृद्धि गरेर बिक्री गरिरहेको जनगुनासो आएपछि चौधरीलाई वडा कार्यालयले कारबाही गरेको हो।

लकडाउनको उल्लंघन गर्नेलाई भाटे कारबाही गरिने

गुल्मीमा लकडाउनको उल्लंघन गर्ने व्यक्तिहरुलाई भाटे कारबाही गरिने भएको छ। कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै लगडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक रुपमा घरबाहिर निस्कने, भेला हुने र हिँडडुल गर्न थालेपछि धुर्कोट गाउँपालिकाले गाउँमा लठ्ठी लिएर गस्ती गर्न सुरु गरेको छ।

विरामीको उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी

सरकारले आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पतालाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशका विभिन्न स्थानमा सामान्य ज्वरो खोकी लागेका विरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यसो नगर्न निजी अस्पतालहरुलाई आग्रह गरे।

लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाही सुरु

भैंसेपाटीमा एक महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडलेमाथि कारबाही पक्रिया सुरु भएको छ। भैसेपाटी प्रहरी प्रभाग इन्चार्जका रूपमा रहेका पौडेललाई शनिबार परिसर बोलाएर कारबाही थालिएको हो।

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

नेपाली कांग्रेस बाराले बरियारपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

दोषीलाई कारबाही गराउन कांग्रेसको कलैयामा प्रदर्शन

नेपाली कांग्रेस बाराले आइतबार कलैयामा शान्तिपूर्ण प्रदर्शन गर्दै बरियारपुर घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ। महागढीमाई नगरपालिकाको प्रमुख उपेन्दप्रसाद यादव र नेपाली कांग्रेसका कार्यकर्तालाई बरियारपुर घटनाका दोषी रहेकाहरुले नै फसाउन खोजेको भन्दै नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियाको नेतृत्वमा प्रदर्शन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्