१३ आश्विन २०८१ आइतबार
image/svg+xml

प्राध्यापक कुट्नेलाई कारबाही माग

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक डा. प्रेम चलाउनेलाई निर्मम कुटपिट गरी घाइते बनाउने दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र डा. चलाउनेको सम्पूर्ण उपचार खर्च विश्वविद्यालयले बेहोर्नुपर्ने माग राख्दै प्राध्यापकहरूले उपकुलपति कार्यालय घेराउ गरेका छन्।

वन मास्नेलाई कारबाही सिफारिस

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी वन फँडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ।

मल नल्याउने ठेकदारमाथि कारबाही

तोकिएको समयमा मल नल्याएपछि ठेक्का कबोलेका सैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनी कारबाहीमा परेका छन्। उनीहरुसँगको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने तयारी भएको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही र ठेक्का रद्द गर्न जनप्रतिनिधिको माग

मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले–लेगुवा सडक खण्ड स्तरोन्तिको जिम्मा पाएका निमार्ण व्यवसायीले काम नगरेपछि धनकुटाका जनप्रतिनिधिले ठेक्का रद्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाका सदस्य एवं सांसद राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका संयोजक टंक चौहान र पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर काम नगरी ठेकेदार भागेकाले ठेक्का रद्द गर्न माग गरेका छन्।

सवारी कारबाहीबाट २५ करोड राजस्व

गत आर्थिक वर्ष २०७६/७७ मा सवारीसाधन कारबाहीबाट २५ करोड १४ लाख १४ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । लापरबाही सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही सो रकमबराबर राजस्व उठेको हो ।

बाँकेमा एक वर्षमा साढे २३ हजार सवारी कारबाहीमा

गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा छ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

मुद्दाको कारबाही डेढ वर्षभित्र सकिने

न्यायपालिका सुधार्न साउन १ देखि लागू हुनेगरी पहिलोपटक मुद्दाको फरक व्यवस्थापन पद्धतिको सुरुवात गरिएको छ।सर्वोच्च अदालत र देशैभरका अदालतमा इन्टरनेटको माध्यमबाट यो पद्धतिको उद्घाटन गरिएलगत्तै डेढ वर्षभित्र मुद्दा कारबाही सकिने व्यवस्था गरिएको छ।

बैतडीमा मास्क नलगाउने २३ सय जनालाई कारबाही

सार्वजनिक स्थलमा मास्क नलगाइ हिड्नेलाई बैतडी प्रहरीले कारबाही सुरु गरेको छ। मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मास्क नलगाउनेलाई कारबाही

घर बाहिर निस्कँदा मास्क नलगाएर हिँड्ने तीन सय चारजनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले सोमबार कारबाही गरेको छ। घरबाट निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने भनिए पनि कतिपयले उक्त निर्णयको उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई कारबाही गरेको हो।

‘जनप्रतिनिधिमाथिको आक्रमण निन्दनीय’

सांसद हेमकुमार राईले सोलुखुम्बुमा निरन्तर जनप्रतिनिधिमाथि आक्रमण र दुर्व्यवहार गरिएको जनाउँदै तत्काल दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

सरिता गिरीमाथि कारबाही प्रक्रिया सुरु

जनता समाजवादी पार्टी नेपालले पार्टी सांसद सरिता गिरीलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। संविधान संशोधन विधेयकको विपक्षमा उभिएकी गिरीलाई कारबाही प्रक्रिया अघि बढाउन संसदीय दलले आइतबार पार्टीलाई पत्र पठाएको छ।

युवा संघद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै संघीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेका हुन् ।

चौरजहारी घटना : हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै राँके जुलुस

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस निकालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो ।

चौरजहारी घटना : हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा संघर्षका कार्यक्रम थालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित समिति बनाएर संघर्षका कार्यक्रम थालिएको हो ।

नवराजसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न नेबिसंघको माग

नेपाल विद्यार्थी संघ खोटाङले जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्