९ मंसिर २०८१ आइतबार
image/svg+xml

खेलकुदमन्त्रीलाई खेलाडीको ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

भारतीय संरचनाका समस्याबारे ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा रहेका बेला अन्तर्राष्ट्रिय नियमविपरीत निर्मित भारतीय संरचनाले नेपाली भूमिमा निम्त्याएको समस्याबारे गम्भीर रूपले कुरा उठाउन पीडितले माग गरेका छन्।

प्रदेशलाई आत्मनिर्भर बनाउने उपायबारे ध्यानाकर्षण

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय तह  जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलको नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री बलायरको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले बजेट निकासा नहुँदा, भुक्तानी रोकिँदा र निर्माण सामग्रीमा चर्को मूल्यवृद्धिका कारण व्यवसायी मारमा परेको भन्दै सरकारको ध्यनाकर्षण गराएको छ । महासंघको प्रतिनिधिमण्डलले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरलाई भेटी समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेको हो ।

प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

प्रदेश प्रमुख नियुक्तिमा सरकारले ढिलाइ गर्दा आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अघि बढाउन समस्या भएको भन्दै निर्वाचन आयोगले प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

भ्रष्टाचारप्रति साउदी सरकारको ध्यानाकर्षण १५९ समातिए

भ्रष्टाचार अभियानलाई पछिल्लो समय तीव्रता दिएको साउदी अरेबिया सरकारले भ्रष्टाचारको अभियोगमा २० राजकुमारहरू सहित विभिन्न क्षेत्रका १५९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

'सुरक्षामा सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण'

निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावी सुरक्षामा बिशेष सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले उम्मेदवारहरु माथि भएका पछिल्ला निसानाले सुरक्षा मजबुत हुन नसकेको संकेत गरेको भन्दै सुरक्षाको चुस्त बन्दोबस्तीका लागि सरकारसंग आग्रह पनि गरेका छन् ।

श्रमजीवी पत्रकार ऐन लागु गराउन मन्त्रालयलाई ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

स्वार्थ र दबाबबिना निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको ध्यानाकर्षण

नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

सभापति देउवासँग पौडेल पक्ष असन्तुष्ट, लिखित ध्यानाकर्षण गराउने तयारी

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि प्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएको छ।

भिट्टामोड–जनकपुर सडक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

एक दशकदेखि बेवास्ताको शिकार भई जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक तिव्रगतिमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने माग गर्दै महोत्तरीवासीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्।

सीमाभित्र तीनै तहको निर्वाचन सक्न एमालेद्वारा ध्यानाकर्षण

नेकपा एमालेले २०७४ मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

पेट्रोलिम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य वृद्धि स्थगन गर्न संसदीय समितिले दिएको निर्देशन नेपाल आयल निगम र आपूर्ति मन्त्रालयले अटेर गरेपछि उपभोक्ता अधिकारकर्मीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सेटलाइट मेघासिटी विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी काठमाडौं सेटलाइट मेघासिटी निर्माण गर्न आग्रह गरेको छ।

स्थानीय निर्वाचन गराउन सरकारको ध्यानाकर्षण : मन्त्री चौधरी

कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्