९ मंसिर २०८१ आइतबार
image/svg+xml

चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब राखिदैन : स्वास्थ्यमन्त्री

व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन्।

मागपत्र प्रमाणीकरणमा सहजीकरण गरिदिन ध्यानाकर्षण

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशस्थित नेपाली नियोगले गर्ने मागपत्र प्रमाणीकरण सहज रुपमा गरिदिने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन्।

‘नेपालको एक मुठी माटो पनि लग्न दिँदैनौं, भारतीय नक्सा तत्काल सच्याइयोस्’

काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण गरेको छ। आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न तरुण दलले गरेको छ।

ट्याक्सी व्यवसायीद्वारा भाडा समायोजन गर्न सरकारलाई दबाब

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकारले ट्याक्सी भाडादर समायोजन नगरेको भन्दै आपत्ति जनाए।

काठमाडौका सडकको दुरअबस्था प्रति सांसदद्वारा सरकारको ध्यानाकर्षण

राजधानी काठमाडौका सडकको अबस्थामा सुधार नभएको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा वोल्दै सांसदहरुले काठमाडौका सडकको दुर–अबस्था ह“ुदा पनि त्यसको मर्मत तथा सम्हार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सडकको अबस्था सुधार नहुदासर्वसाधाणको जनजीवन समेत प्रभावित भएको उनीहरुको भनाई थियो ।

नयाँ कानुनप्रति आइएफजे र सिपिजेको ध्यानाकर्षण

नेपालमा हालै लागू भएको नयाँ अपराध संहिताले स्वतन्त्र प्रेसलाई संकुचन गर्न खोजेको भन्दै प्रत्रकारिताका क्षेत्रमा क्रियाशिल दुई अन्तर्राष्ट्रिय संस्थाले ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

धरपकडका घटनाप्रति महासंघको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि भइरहेका धरपकडका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली भाषीको आवाज सम्बोधन गर्न ध्यानाकर्षण

विद्यालय तहको माथिल्लो तह कक्षा ११ र १२ मा अनिवार्य नेपालीको पाठ्यभार ४/४ पाठ्यघन्टा राख्न मुलुकभरका विभिन्न संघसंस्था, प्राध्यापक, शिक्षक तथा संसारभरका नेपाली भाषीबाट आएको सुझाव सम्बोधन गर्न मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

शुल्क नियन्त्रणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

संयुक्त विद्यार्थी संगठनले आज (शुक्रबार) निजि विद्यालयको मनपरि शुल्क नियन्त्रणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। पूर्व घोषित कार्यक्रम अन्तर्गत शुल्क नियन्त्रणका लागि दबावमूलक आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरुले देशैभरिका स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

प्रदेश ५ का सांसदहले प्रदेश सभाको वुधवारको बैठकमा आ आफना क्षेत्रका जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सभासदहरुले सार्वजनिक महत्वका विषयमासरकारको ध्यानाकर्षण गराएका हुन्।

सुरक्षाबारे सरकारको ध्यानाकर्षण

शान्ति सुरक्षा खस्किँंदै गएकोभन्दै प्रदेश १ का प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्ने प्रदेशसभा सदस्यहरूले सरकारको निस्क्रियताले प्रदेश १ को शान्ति सुरक्षाको अवस्था खस्किंँदै गएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्