एमसिसी पारित गराउन व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
उनीहरुले देशको समग्र आर्थिक वृद्धिका लागि तथा उर्जा क्षेत्रको हित र देशका युवा वर्गका निम्ति रोजगारी सिर्जना गर्ने भएकाले सो परियोजना पारित गर्न अनुरोध गरेको प्रष्ट पारेको छ।
उनीहरुले देशको समग्र आर्थिक वृद्धिका लागि तथा उर्जा क्षेत्रको हित र देशका युवा वर्गका निम्ति रोजगारी सिर्जना गर्ने भएकाले सो परियोजना पारित गर्न अनुरोध गरेको प्रष्ट पारेको छ।
बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।
प्रदेश १ को सरकार संविधान विपरित गठन र सञ्चालन भएको भन्दै प्रदेश १ को विपक्षी गठबन्धनले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ। बुधबार ५ दलीय गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेर ध्यानाकर्षण गराएको हो।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोबवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्।
केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसि बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका अध्यक्ष नवीन यादवको नेतृत्वमा पीडित विद्यार्थीहरुले प्रधानमन्त्री देउवालाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। देउवाले सिंहदरबार पुगेर कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोख्रेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
नेपालगन्जमा कोरोना संक्रमणका कारण देखिएका समस्या र यसले निम्त्याएको संकट समाधान गर्न नेपालगन्जस्थित स्वास्थ्यकर्मी, पत्रकार, कानून व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाले गम्भीर ध्यानाकर्षण गराएका छन्।
समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएकाको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि पनि विभागहरू गठन र सदस्य मनोनित गर्ने काम जारी राखेको भन्दै त्यसलाई रोक्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।
प्रदेश नम्बर १ की सांसद उषाकला राईले भारतबाट भित्रिने नागरिकलाई पीसीआर परीक्षण गरेर मात्र गाउँ भित्र्याउने व्यवस्थाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यलाई लक्षित गरेर बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्य समितिले ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १८ गते वडाको काम सकेर योजना अनुगमनका लागि भवनगैराबाट आचार्य गाउँतर्फ झर्ने क्रममा वडाध्यक्ष आचार्यमाथि दिउँसो ३ बजे बियरको बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्यसमितिले विज्ञाप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
लकडाउनको बेला मजदुरहरुलाई राहत दिने सरकारले निर्णय गरेपनि यातायात मजदुरहरुले राहत नपाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार ध्यानाकर्षण गराएको छ।