८ मंसिर २०८१ शनिबार
image/svg+xml

बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई  दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

गाउँमा लकडाउन उल्लंघन गर्नेलाई एक हजार जरिवाना

जिल्लाको घोडेगाउँका स्थानीयले लकडाउन उलंघन गर्नेलाई पाँच सयदेखि एक हजार रुपैयाँ सम्म जरिवाना गर्ने भएका छन्। कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको भन्दै यो बीचमा गाउँमा प्रवेश गर्ने र गाउँ देखि बाहिर जानेलाई जरिवाना गर्ने नियम लागू गर्न लागिएको हो। गाउँमा जरिवानाको व्यवस्था गरेपछि गाउँका स्थानीय बाहिर आउन सकेका छैनन्। बाहिरबाट गाउँमा जाने पनि रोकिएका छन्।

विद्युत् महसुल तिर्न नसके जरिवाना नलाग्ने

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न ग्राहकलाई अनुरोध गरेको छ । महसुल काउन्टरमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो ।

१७ हजार अटेरी कर्मचारी

प्रत्येक आर्थिक वर्ष सकिएको ६० दिनभित्र जनप्रतिनिधि तथा कर्मचारीले आफू तथा आफ्नो परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

ठेक्का तोडियो, जरिवाना तोकियो

तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड न्यौपाने जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

ट्राफिक नियम मिच्नेलाई दश हजार जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्काे जरिवाना असुल्न सुरु गरेको छ। उपत्यकाका दुई सय स्थानमा दश हजार रुपैयाँ जरिवाना तिराउने लेखिएका बोर्ड टाँसिएपनि कारण भने खुलाइएको छैन।

पाँच हजारसम्म जरिवानाको तयारी

यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई तीन हजार रुपैयाँसम्मको जरिवाना लिन अधिकार दिइएको छ।

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ...

विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन्। यो झापाको घटना हो।

ठेक्काको काममा जबर्जस्ती श्रमदानः नगर्नेलाई एक हजार जरिवाना

जिल्लाकै अतिविकट बबई गाउँपालिका–१ गगंटेमा नेपाल टेलिकम फोन सेवा सञ्चालन गर्ने सुखद खबरले गंगटेबासी हर्षित थिए।

तौल कमी गर्ने व्यापारीलाई दुई लाख जरिवाना

सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेँसीका एक व्यापारीलाई रु दुई लाख जरिवाना तिराएको छ।

उपभोक्ता ठग्ने व्यापारीलाई २ लाख जरिवाना

सन्धिखर्क नगरपालिकाले ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई जरिवाना तिराएको छ।

बसपार्कमा यात्रु तानातान गरे पाँच सय जरिवाना

वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ।

श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना

साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो। विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए।

‘जंक फुड’ खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना

डडेल्धुराको एक विद्यालयले जंक फुड खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्ने गरेको छ। डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा पत्रु खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्