कोरोना कहर : धमाधम लकडाउन गर्दै स्थानीय सरकार
कोरोनाभाइरसको संक्रमण फैलिनथालेपछि झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूले धमाधम लकडाउन गर्न थालेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनवर्षी, सुन्दर हरैंचा नगरपालिका लगायतका स्थानीय तहहरूले लकडाउनको घोषणा गरिसकेका छन् ।