पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला बिहीबारदेखि
महिला उद्यमी महासंघ नेपालले भर्चुअल रूपमा आयोजना गर्न लागेको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।
महिला उद्यमी महासंघ नेपालले भर्चुअल रूपमा आयोजना गर्न लागेको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।
उद्योगी, व्यापारीसहित विभिन्न पेसा र व्यवसायमा रहेकालाई सरकारले खोपका लागि प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री देउवाले महामारीका कारण संकटमा परेका उद्योगधन्दा पूर्ववत् सञ्चालनका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।
सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान दिने कर्जामध्ये कृषिबाहेकमा सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी छन्। सरकारले तीन वर्षदेखि १० प्रकारका शीर्षकमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। राष्ट्र बैंकका अनुसार महिलाका लागि हालसम्म बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ७८ करोड रूपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन्। गत असारसम्म बैंकहरूले उद्यमी महिलालाई चार अर्ब ३५ करोड रूपैयाँ प्रवाह गरेका थिए।
महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ।
लामो लकडाउनका कारण महिला उद्यमीका उत्पादनको बजारीकरणमा समस्या भएको छ। कतिपय जिल्लामा जारी निषेधाज्ञाका कारण महिला उद्यमीले उत्पादन गरेको समान खेर गइरहेको छ। यसले गर्दा उनीहरूलाई बैंकको ऋण, घरभाडा र कर्मचारी तलब दिन समस्या भएको महिला उद्यमी महासंघ नेपालले जनाएको छ।
जुनसुकै विपत्ति तथा असहजताको मारमा पहिले महिला पर्छन्, किनकि घर–घरमा हरेकको थालमा खानेकुरा राखिदिने उनीहरू नै हुन्छन्। अरु उद्योगीजस्तै महिला उद्यमी पनि अहिले देशभरि नै ठूलो मारमा परिरहेका छन्, त्यस कारण उनीहरू दोहोरो मारमा परिरहेका छन्।