८ वैशाख २०८१ शनिबार

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।

दाइजोले उजाडियो सपना

गत वर्ष २६ वर्षीया रमिताकुमारी रायको विवाह जनकपुरधाम उपमहानगरपालिका–७ स्थित शशि भट्टसँग बडो तामझामका साथ सम्पन्न भएको थियो।

दाइजोबाट पुरुष पनि पीडित !

केही दिनअघि मात्र मानव सभ्यतालाई नै लज्जित पार्नेगरी एउटा घटना भयो, वीरगन्जमा । २१औँ शताब्दीको पाशविक र क्रूर हत्या भन्न पनि सकिन्छ, यसलाई । नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले दिएको बर्बर यातनाका कारण गम्भीर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भयो ।

बेहुलाले दाइजो लिन मानेनन्, बेहुली पक्षले दिए किताब उपहार

भारतको पश्चिम बंगालमा एक जना दुलाहालाई दाइजो स्वरुप एक लाख रुपैयाँ बराबरको किताब दुलही पक्षले दिएका छन्।

‘तराईमा दाइजो विरोधी युवा चाहियो’

नेता नेपाल विमानस्थलबाट बाहिरिनेबित्तिकै उनलाई जिल्ला अध्यक्ष पन्तले स्वागत गर्दै आफूले व्यवस्था गरेको गाडीमा चढ्न आग्रह गरेपछि नेपाल निकट मानिएका लामा र प्रदेश सांसद लुंगेलीले अर्कोतिर तानेका थिए।

मधेसी युवाको दाइजो मोह

युवा शब्द सुन्नेबित्तिकै मानसपलटमा एउटा बिम्ब बन्ने गर्छ–हृष्टपुष्ठ शरीर भएको, जोश/जाँगरले भरिपूर्ण, नयाँ विचार बोकेको, समाज परिवर्तनको संवाहक आदि। त्यसैले व्यक्तिदेखि समाज र राष्ट्र सबैलाई नयाँ विचारले परिवर्तन गर्ने नै युवावर्ग हो।

मण्डपमै बेहुली छाडेर भाग्ने पक्राउ

मागेबमोजिम दाइजो नदिएको भन्दै विवाह अस्वीकार गर्ने मोरङ जहदा–४ का लक्ष्मण राजवंशी पक्राउ परेका छन्। बिहीबार जहदा–४ बाट राजवंशीलाई पक्राउ गरिएको हो।

२ ‘पलङ दाइजो नदिँदा छोरी मारिइन्’

दाइजोमा लाखौं रुपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो।

‘दाइजोमा पलङ नदिँदा महिलाको हत्या’

दाइजोमा लाखौँ रुपैया ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा जना महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्ड्याएको आरोप माइती पक्षले लगाएको छ।

‘काल’ बन्दै दाइजो

तराई–मधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ।

जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

विवाहमा दाइजोको रूपमा रूपैया–पैसा, गाडी दिनु आम चलन हो। तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिने चलन छ।

मधेसी समाजमा दाइजोको सकस

केही दशक अघिसम्म मधेसमा स्वयम्बर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटीपक्षकै बोली बिक्थ्यो। केटीपक्षकै सर्तअनुरुप केटापक्ष विवाहका लागि राजी हुन्थे। तर, अहिले समय उल्टिएको छ। केटापक्षको सर्तअनुरुप केटीपक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ।

‘दाइजोका लागि छाेरीकाे हत्या’ गरिएको माइतीकाे आरोप

गत बर्ष धुमधामसंग बिहे भएर वीरगन्जबाट ससुराल घर नेपालगन्ज गएकी माधुरी बर्णवाल घरको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको मंगलवार उताबाट खबर आयो। हतार्ताहर नेपालगन्ज पुगेको माधुरीका बाबु, आमा र दाजुले उनको हत्या भएको बुझिएको बताएका छन्। घरभित्रै झुण्डिएको भेंटिएकी २६ बर्षीय माधुरीलाई श्रीमानका परिवारकाले प्रहरीलाई खबर नगरी अस्पताल पुर्याएका थिए।

दाइजो दाबी गर्दै प्रेरणा सर्वोच्चमा

तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीदेवी सिंह छाउनीस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको विजयाघर आफूले पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेकी छिन्। उनले नेपालको संस्कार र परम्पराअनुसार आफूले उक्त जग्गा दाइजोस्वरूप पाउनुपर्ने दाबी गरेकी हुन्।

पूर्व अधिराजकुमारी प्रेरणाद्वारा रिट दायर

पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजोमा पाएको सम्पत्ति सरकारीकरण गर्ने यसअघिको सर्वोच्च अदालतको फैसला विरुद्ध सर्वोच्चमै मुद्दा हालेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्