७ वैशाख २०८१ शुक्रबार

राप्तीसोनारीमा संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिको भएन स्वाब संकलन

बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई तीन दिनअघि कोरोना पोजेटिभ देखियो । कोरोना त्रासका कारण वडाअध्यक्षको सम्पर्कमा रहेका सिंगो जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन् ।

पीसीआरका लागि ८५ जनाको स्वाब संकलन

पीसीआर टेष्टका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ८५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ति, सम्भावित संक्रमित तथा पत्रकारको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

बैतडीमा ४६ जनाको स्वाब संकलन

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ५४ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ जना प्रहरी, जिल्ला अदालतका १२ जना कर्मचारी र स्वास्थ्यकर्मी ४६ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सभामुखसहित सांसदको पनि स्वाब संकलन गरियो

गण्डकी प्रदेशसभा बैठकको तयारीअन्तर्गत बुधबार सांसदहरूको पनि स्वाब संकलन गरिएको छ । संसद् बैठक अघि सांसदहरूलाई कोरोना भए/नभएको पहिचान गर्न बुधबार सभामुख, उप–सभामुखसहित सांसदहरू गरी कुल एक सय १४ जनाको स्वाब संकलन गरिएको हो । उनीहरूको पिसिआर परीक्षण गरिने जनाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्