यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने
यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।
शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ। वरिपरि गेट बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको छ।
कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।
पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ। पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ।
सर्वोच्च अदालतले पशुपतिनाथमा सुनको जलहरी राखेकै दिन कारण देखाउ आदेश जारी गरेको छ। आज मात्रै राष्ट्रपति विद्या भण्डारीले पशुपतिनाथमा सुनको जलहरी राखेकी थिइन्।
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन्।
गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपतिनाथ आजबाट खुला भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन्।
गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले ल्याएको नयाँ गुरुयोजनाप्रति पशुपति क्षेत्रका स्थानीय, जनप्रतिनिधि र सम्पदाप्रेमीहरूले आपत्ति जनाएका छन्।
साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भिड लागेको छ। झरीमा रुझ्दै उनीहरू मन्दिरको मुल गेटमा फूलप्रसाद चढाएर मनलाई शान्त बनाउँदैछन्।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी लागू गरिएपछि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । सोमबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिड्ने शक्ति लिन आग्रह गरे ।