८ वैशाख २०८१ शनिबार

सरकारबाटै अछुत दलित

१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।

गठबन्धन सरकार जतिबेला पनि ढल्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारलाई खरानीको डल्लोको संज्ञा दिँदै जति बेला पनि ढल्न सक्ने बताएका छन्।

२०८२ भित्रै होला कांग्रेस महाधिवेशन ?

चौधौं महाधिवेशनपछिका दुई वर्षसम्म पनि पार्टीका निकाय र संरचनालाई पूर्णता दिन नसकेको नेपाली कांग्रेसमा अर्को महाधिवेशन कहिले गर्ने भन्ने बहस सुरु भएको छ।

नेपाल र खनाल एकै गोलार्द्धका दुई ध्रुव

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को जेठका लागि तोकिएको महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच पार्टीका नीति, सिद्धान्त र विचारमा बहस हुन थालेको छ।

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।

जुुम्लामा चवन्न हजारलाई टाइफाइडको खोप दिइने

जुम्ला जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।

भूकम्प पीडितका टहरा बनाउँदै दलहरू

भूकम्पले भत्किएका संरचना र अस्थायी आवास निर्माणका लागि जाजरकोट र रुकुम पश्चिममा राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिइरहेका छन्।

रेनुलाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बद्नाम गराउन खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

माओवादीको प्रदेश बैठक: अभियानले नेता कार्यकर्ता उत्साहित

नेकपा (माओवादी केन्द्र)का नेताहरूले २ महिनादेखि जारी पार्टीको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ कार्यक्रमले नेता कार्यकर्ता र जनतामा जाँगर र उत्साह भरेको निष्कर्ष निकालेका छन्।

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन।

के भारतीय आर्थिक मोडेल नेपाललाई अनुकरणीय छ?

भारतीय आर्थिक तथा मौद्रिक नीतिको प्रभाव नभनिकनै नलेखिकनै पनि हाम्रो अर्थतन्त्रमा पर्ने गरेको छ भन्ने कुरा हाम्रा शासक र तिनका नीति निर्माताले व्यवहारमा लागु गरेका कुराबाटै प्रष्ट हुन्छ। हामीले हाम्रै यथार्थ धरातलमा फर्किएर हाम्रो विकास रणनीति तर्जुमा गर्न जरुरी छ। विकासका नाममा भारतीय मोडेलको पक्षपोषण गर्न छौडौँ।

नेकपा एसले बैशाख नौं गते नेकपा स्थापना दिवस मनाउने

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बैशाख नौं गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ।

बिल मिलाएर चार लाख भुक्तानी

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाबाट कार्यक्रमका लागि छुट्ट्याइएको चार लाख रूपैयाँ बिल मिलाएर भुक्तानी भएको छ।

डोल्पामा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच झडप

डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्