६ वैशाख २०८१ बिहीबार

समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीतिः डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका छन्।

इतिहास निर्माणका लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न आउनुभएको हो : डा भट्टराई

अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेको बताए।

जितेर पाँच वर्ष सरकार चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैनः बाबुराम भट्टराई

‘जितेर सरकार नै चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’ गठबन्धनलाई जिताउन आग्रह गर्दै उनले भने।

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन: भट्टराई

नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा. बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए।

प्रचण्डलाई निर्वाचन क्षेत्र हस्तान्तरण गर्दाकाे खुसी नाप्ने यन्त्र नै छैन: बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले यसअघि आफुले चुनाव जितेको गोरखा २ प्रचण्डलाई हस्तान्तरण गर्न पाउँदा खुसी भएको बताएका छन्।

बाबुरामले दिए प्रचण्डलाई विजयको शुभकामना

दाहालले गोरखा–२ बाट चुनाव लड्ने भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत विजयको शुभकामना दिएका हुन्।

नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भयोः अध्यक्ष भट्टराई

'अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ। एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ। त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन्।’

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयोः बाबुराम भट्टराई

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाएका हुन्।

नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दो छः डा. भट्टराई

‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ। किनकी पुराना शक्तिहरुले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदैछन्। जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ। यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ।'

त्यति सहजै चुनाव जित्नेवाला छैनौं, हामी को को बढारिन्छौं भन्न सकिन्नः भट्टराई

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला, तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को-को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन।’

हाम्रो एजेण्डा मिल्ने भनेकै माओवादीसँग होः डा.भट्टराई

'पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ। दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ। त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो। अहिले पनि त्यो मुद्दा उनीहरुसँग मिल्छ। भलै, सुशासन आदिको मुद्दाहरुमा हामी र उहाँहरु फरक छ। हामी चाहीँ सुशासन राम्रो सँग काम गरेर जानुपर्छ।'

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे।

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

जसपा पतनको बाटोमा हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्न बाध्य भएको हुँः भट्टराई

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय-क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन्।

भट्टराई नेतृत्व समाजवादी पार्टीको बैठक बस्दै

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ। स्रोतका अनुसार सो बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्