भन्सारले जाँचपास गरेको सामान प्रहरीले रोकेको गुनासो
निषेधाज्ञाका बेला सरकारी निकायबीच समन्वय नहुँदा आयातित सामान अलपत्र परेको आयातकर्ता व्यवसायीले गुनासो गरेका छन् ।
निषेधाज्ञाका बेला सरकारी निकायबीच समन्वय नहुँदा आयातित सामान अलपत्र परेको आयातकर्ता व्यवसायीले गुनासो गरेका छन् ।
कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्मै ल्याइदिने बताएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएकोमा अब केही सहज हुने भएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्म नै ल्याइदिने भएपछि सहज हुने भएको हो।
चालु आर्थिक वर्षको पहिलो महिनामा गत वर्षको तुलनामा आयात १९.६० प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा व्यापारीले चार लाख २० हजार ६ सय ८९ मेट्रिक टन मकै आयात गरेका छन् । यसका लागि नेपालबाट १३ अर्ब ६० करोड ६९ लाख रूपैयाँ बिदेसिएको छ ।
रुपैडिहा नाकाबाट निर्वाध रुपमा भित्रिरहेको दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाइएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको सोमबार बसेको बैठकले भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाउने निर्णय गरेको हो ।
रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब मूल्य बराबरको सामग्री आयात भएको छ ।
पेट्रोलियम पदार्थ, उद्योगका लागि चाहिने पार्टपुर्जा नेपालमा उत्पादन गर्न कठिन छ। स्वदेशमा उत्पादन गर्न नसकिने वस्तु विदेशबाट आयात गर्नु स्वाभाविक हो। तर, नेपाली भान्सामा विदेशमा फलेका तरकारी तथा खाद्यान्न पाकिरहेका छन्। हरेक दिन उपभोक्ताले बिहान–बेलुका तरकारीमा प्रयोग गर्ने धनिया, जिरालगायत मसला अर्जेन्टिना, रुस, नामिबिया, भारत, बुल्गेरियालगायत मुलुकबाट ल्याइन्छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले मौज्दात सकिन लागेको जानकारीका साथ चिनी खरिदका लागि प्रस्ताव पठाएको ६ महिनापछि सरकारले स्वीकृति दिएको छ। साल्ट ट्रेडिङले गत फागुनमा ५० हजार मेट्रिक टन चिनी आयातका लागि प्रस्ताव पठाएको थियो।
गत आर्थिक वर्षमा नेपालले व्यापारिक सम्बन्ध भएका २८ मुलुकसँग नाफाको व्यापार गरेको छ। वर्षभरि आयात–निर्यात कारोबार भएका एक सय ५६ मुलुकमध्ये २८ मुलकसँग मात्र व्यापार नाफा देखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्ष २०७६/७७ मा चीनबाट आयात भएका २ सय ५६ वटा खाद्य सामग्रीको नमुना परीक्षण भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले एक वर्ष २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको हो । गएको माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो ।
अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।
कोभिड–१९ को असरले मुुलुक लकडाउनमा जाँदा यो वर्ष करिब ४५ अर्ब रुपैयाँको कम इन्धन आयात भएको छ। नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ मा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट एक खर्ब ४७ अर्ब रुपैयाँको इन्धन आयात गरिएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भएपनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् । आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।
सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।