८ मंसिर २०८१ शनिबार
image/svg+xml

देशभरका सरकारी चिकित्सकद्वारा सेवा बहिष्कार

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकप्रति असहमति जनाउँदै सरकारी चिकित्सकहरूले बुधबार देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका छन्। सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदिएको भन्दै सरकारी चिकित्सकहरू हड्तालमा उत्रिएपछि हजारौं बिरामीले सास्ती बेहोर्नुपरेको छ।

शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण बिहीबार देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ।

सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति, हड्ताल फिर्ता

सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति भएको छ। मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुरका प्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार ८ बुँदे सहमति भएको हो। सहमतिसँगै यातायात मजदुरले हड्ताल फिर्ता लिएर सवारी चलाउन सुरु गरेका छन्।

इलाममा यातायात सुचारु गर्ने सहमति

यातायात मजदुरले ४ दिनदेखि गरेको सवारी हड्ताल इलामका लागि भने खुला हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार दिउँसो यातायात व्यवसायी, मजदुर र प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलमा हड्ताल नगर्ने सहमति भएको हो।

हड्तालले वीरगन्ज प्रभावित

सवारी साधन चलाउन छाडेर गाडी चालकहड्तालमा उत्रिएपछि त्यसको असर व्यापरिक सहर वीरगन्जमा देखिएको छ। वीरगन्जबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन्।

तरकारी व्यापारीको ‘दादागिरी’

अत्यावश्यक वस्तु तरकारी बिक्रीवितरणमा हडताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले ‘दादागिरी’ देखाएका छन् । उपभोक्तालाई असर पुग्ने गरी मंगलबार तरकारी तथा फलफूल किनबेच रोकेर व्यापारी हडतालमा उत्रिएका हुन्।

पूर्वका ९ जिल्लामा आमहड्ताल, बन्दले जनजीवन प्रभावित

राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।

विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

आफ्ना कार्यकर्ता पिक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ।

शैक्षिक हड्तालले देशभरका निजी विद्यालय बन्द

आठ विद्यार्थी संगठनले ९ बुँदे माग राख्दै सोमबार घोषणा गरेको शैक्षिक हड्तालका कारण देशभरका संस्थागत विद्यालयहरु बन्द भए। विद्यार्थी संगठनहरूले निजी विद्यालयको चर्को शुल्क वृद्धिको विरोधमा हड्ताल गरेका हुन्। हड्तालका कारण सोमबार देशभरका ६ हजार संस्थागत विद्यालयका २० लाख विद्यार्थीको पठनपाठन प्रभावित भयो।

विद्यार्थी संगठनद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

शिक्षा ऐन नवौं संशोधनको विरोध गर्दै आएका प्रमुख तीन विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेका छन्।

कार्यकर्ता पक्राउको विरोधमा शैक्षिक हड्ताल

आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)निकट विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हड्तालका कारण आइतबार देशभरका शैक्षिक संस्था बन्द भए।

विप्लवको शैक्षिक हड्तालले शिक्षण संस्था ठप्प

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन्।

मुख्यसचिवमाथि भएको दुव्र्यवहारविरुद्ध हड्ताल

आम आद्मी पार्टीका दुई विधायकले दिल्लीका मुख्यसचिव अन्सु प्रकाशमाथि गरेको दुव्र्यवहारविरुद्ध हड्ताल गर्ने दिल्ली प्रशासनिक अधीनस्थ सेवाका अध्यक्षले मंगलबार बताएका छन्।

धनकुटाबासीको आमहड्ताल फिर्ता

प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटाबासीले माघ १५ गते देखि अनिश्चितकालको लागि घोषणा गरेको आमहड्ताल फिर्ता गरेको छ।

आमहड्तालको तेस्रो दिन पनि दाङ पुरै ठप्प

प्रादेशिक राजधानी माग गर्दै गरिएको अनिश्चितकालीन आमहड्तालको तेस्रो दिन पनि दाङको जनजीवन प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्