८ मंसिर २०८१ शनिबार
image/svg+xml

महिलाको तलबमा असमानताको विरोध गर्दै जब प्रधानमन्त्रीले नै हड्ताल गरिन्

युरोपको सानो देशको रुपमा रहेको आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिन याकब्सडटिरसमेत हजारौँ महिला एक दिनका लागि हड्तालमा उत्रेका हुन्।

हुलाकी राजमार्ग निर्माणको माग राख्दै भोक हड्ताल

मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले अवरुद्ध हुलाकी राजमार्गको काम तत्कालै थाल्नु पर्ने माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन भोक हड्ताल थालेका छन्।

हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण, हड्ताल गरे कारबाही

राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ। हड्ताल भएको अवस्थामा कारबाही हुनेछ।

बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश

नेकपाको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दा धेरैतिर तोडफोड, कुटपिट, अवरोध, आगजनीका घटना घटे । तर, पर्यटकीय सहर पोखरामा भने बन्दकर्ताको शैली अन्यत्रको भन्दा केही फरक देखिन्थ्यो ।

पोखराका बन्दकर्ताः कतै अनुरोध, कतै खबरदारी (फोटो फिचर)

नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गर्दा पोखरामा फरक दृष्य देखिए ।

चोकमा बन्दकर्ता, भित्री गल्ली खुला

नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गर्दा सबै क्षेत्रमा प्रभाव परेको छ । बन्दका कारण पोखरामा पनि प्रभाव परेको छ ।

आम हड्तालको निरीक्षण गर्न स्कुटीमै निस्किए नेपाल (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्तालको निरीक्षण गर्न नेकपा अध्यक्ष माधवकुमार नेपाल स्कुटीमै निस्किएका छन्। नेपाल कोटेश्वरबाट स्कुटीमा चढेर हड्तालको निरीक्षण गर्न निस्किएका हुन्।

आम हड्ताल सफल बनाउन सातदोबाटोको सडकमा निस्किए प्रचण्ड (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्किएका छन्। प्रचण्ड सातदोबाटोको सडकमा निस्किएका हुन्।

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।

प्रचण्ड-माधव समूहको आमहड्तालः प्रहरी र कार्यकर्ताबीच मुठभेड, ६३ जना नियन्त्रणमा

नेकपा प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

प्रहरीले कुटपिट गरेको भन्दै सफाइकर्मी हड्तालमा

प्रहरीले निरन्तर कुटपिट, दुव्र्यवहार र गाली–बेइज्जती गरेको भन्दै सफाइकर्मी हड्तालमा उत्रिएपछि वीरगन्ज महानगरपालिकाको सरसफाइको काम शनिबारबाट ठप्प भएको छ। सरसफाइमा खटिएका कर्मचारीहरूले प्रहरी ज्यादतीलाई कारण देखाउँदै काम रोकेर हड्तालमा उत्रिएपछि सरसफाइ कार्य बन्द हुन पुगेको वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारी सरफुद्दीन मियाँले बताए।

थरूहटकाे बन्दले उदयपुर प्रभावित

प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको माग गर्दै लक्ष्मण थारू नेतृत्वको थरूहट–थारूवान राष्ट्रिय मोर्चा (थथारामो)ले गरेको हड्तालले  उदयपुर प्रभावित भएको छ। थथारामोको दुई दिने बन्दको पहिलो दिन सवारी आवागमन, शिक्षण संस्था र नीजि कम्पनीहरू प्रभावित भएका हुन्र।

जनरल मोटर्सका ४६ हजार मजदुर हड्तालमा

संयुक्त राज्य अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियन ( युएडब्लु)ले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हड्ताल सुरु गरेको छ। मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हड्तालमा उत्रिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

देशको प्रमुख नाका वीरगन्जमा याततायत तथा ढुवानी हड्तालका कारण हजारौं ट्रक माल समान रोकिएको छ। राजधानीसँगै देशको विभिन्न भागमा लैजानुपर्ने समान सुक्खा बन्दरगाह, आइसिपी र साबिक भन्सारमा अड्किएका हुन।

मन्त्रिपरिषद निर्णयः सवारी कर बढ्यो, सार्वजनिक सेवामा हड्ताल निषेध

सरकारले सवारी उपभोग कर बढाउने निर्णय गरेको छ। गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनहरुको सडक उपभोग दस्तुरमा वृद्धि गरी यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्