बिरामीमाथि यौनहिंसा गरेको आरोपमा डा. शर्मा पक्राउ
मादक पदार्थ सेवन गरी बिरामी पुरुषमाथि यौनहिंसा गरेको आरोपमा धनकुटा ७ स्थित परिचय मोडमा रहेको सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन्।
मादक पदार्थ सेवन गरी बिरामी पुरुषमाथि यौनहिंसा गरेको आरोपमा धनकुटा ७ स्थित परिचय मोडमा रहेको सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन्।
प्रहरीको तथ्यांकअनुसार प्रतिदिन औसतमा बलात्कारसम्बन्धी घटनाका सात उजुरी दर्ता हुने गरेको छ। बलात्कारका पीडितमध्ये १० वर्षमुनिका ११.९८ प्रतिशत, ११ देखि १८ वर्षका ५३.२४ प्रतिशत र ६० वर्षमाथिका १.४८ प्रतिशत छन्।
'सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ', उनले भने।
‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’
सामाजिक सञ्जालको चरम दुरुपयोग गरी व्यक्तिको चरित्र हत्यामा संलग्नलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने र उक्त भिडियो तथा उनीहरुको पहिचान खुल्ने फोटो तत्काल युट्यूब, टिकटक, फेसबुकलगायत अन्य सामाजिक सञ्जालबाट हटाउन समेत जरुरी रहेको उनको धारणा छ।
कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन्।
‘महिलाप्रतिको कतिपय हिंसामा महिलानै जिम्मेवार देखिएका छन्,’ उनले थपे, ‘महिलामा पनि महिलाजन्य स्नेह र ममतापूर्ण स्वभाव जरुरी हुन्छ।’
आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भने। नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका थिए।
दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुर्व्यवहारका घटना सुन्दै आइरहेकी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की सिम्रिका गिरीलाई मनमा धेरै डर लाग्थ्यो । सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत गिरी आफूमाथि, छरछिमेकमा यस्ता घटना भइहाले कसरी प्रतिकार्य गर्ने भन्ने अन्यौलमा थिइन् ।
समाजमा छोरा हुर्कँदै मैमत्त हुन्छन्। तर छोरीहरू हरपल कथित सुसंस्कार र संस्कृतिको अर्ती उपदेशले थिचिन्छन्। अधिकांश लैंगिक हिंसाका पीडक छोरा हुन्छन्। बन्देज छोरीमाथि लाग्छ। हिंस्रक छोराहरू छन्। अनुशासनको साङ्लोले छोरीहरू बाँधिन्छन्।
उनको घर छ। घरमा श्रीमान छन्। साथमा छोराछोरी छन्। तर उनी खुल्ला आकाशमुनि रुखको ओतमा रात बिताउन बाध्य छिन्। रुकुम पश्चिम घर भएकी सिता(नाम परिवर्तन) लाई जंगली जनावरभन्दा पनि घरेलु हिंसाले बढी सताएँको छ। त्यसैले उनी कलिला सन्तानसंग खुल्ला अकाशमुनि काहालिलाग्दो रात बिताउन बाध्य छिन्।
भारतीय सञ्चारमाध्यमका अनुसार एक पुलिसकर्मीले चार जना घाइतेलाई अस्पताल लगिएको पुष्टि गरे पछि उनीहरूको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। यसभन्दा पहिले शुक्रबार प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा शुक्रवारको प्रार्थना पछि राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको थियो।
गोरखा र तिब्बतको सिमाना छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) राख्दा अहिंसाको नीतिनियम पूर्ण रूपमा पालना गर्न गराउन स्थानीयले माग गरेका छन्।
शुल्क मिनाहाको माग राखेर इटहरीका निजी कलेजका विद्यार्थीले थालेको आन्दोलनले उग्र रूप लिएपछि हिंसामा परिणत भएको छ ।
म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार नक्खुको भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताले विरोध प्रदर्शन गरेका हुन्।